फुच्चे मगन्ते र म

बिहानै मोबाइलमा बजेको रिङ्गीङ टोनले मेरो निन्द्रा बिथोलिदियो । बिस्तारै आँखा खोले सिरानी नजिकै रहेको मोबाइल आफु तिर तान्दै फोन उठाँए । फोन राख्ने बित्तिकै समय नियाल्न पुगे, ’ओहो ! ५ः३० भैसके छ आज पनि क्याम्पस ढिला पुग्ने भए ।’

हिजोदेखि उठेका मेरो रिस अझै शान्त भएको छैन । ’बुवा मलाई पनि बाईक किनिदिनु न, सबै साथिहरु बाईक चढ्छन् अनि म मात्रै हिड्नुपर्छ ।’ मेरो कुरा सक्किन नपाउदै ’पढ्ने मान्छेलाई किन बाईक चाइयो, पढ्ने चाहिँ होईन तँलाई बाईक’ बुवाले जवाफ दिनुभयो । बुवाको जवाफ सुनेर म पुलुक्क आमातिर फर्किए, ’हो त पढ्ने मान्छेलाई किन चाहियो बाईक, खुरुक्क राम्रोसँग पढ्ने अनि पछि आफै कमाएर किन्ने’ आमाको जवाफ सकिन नपाउँदै बुवाले थप्नुभयो । यो बारेमा मसँग कुरै नगर है ! बुवाको यस्तो कुराले मेरो मन खिन्न भैरहेको छ ।

रिस अझैसम्म पनि शान्त भएको छैन कोहिसँग पनि पटक्कै बोल्न मन छैन । तर पनि हतार हतार तयार भएर क्याम्पसको लागि निस्किए ।

बाहिर निस्की सकेपछि थाहा भयो सिमसिम पानी परी रहेको रहेछ । छाता घरमै छुटेछ, भिज्दै हिडिरहेको थिए । हिलैहिलोको बाटोमा जुत्ता जोगाएर हिडिरहेको थिए । त्यतिकैमा खुट्टा चिप्लिएर हिलोबाट जागाई रहेको जुत्ता चुर्लुम्म हिलोमा डुब्यो । अनि फेरी बाईकको याद आयो, ’बुढाले बाईक किनिदेको भए यो हिलोमा जुत्ता डुवाएर त हिड्न पर्ने थिएन ।’ रिसले फेरी सिमा नै नाग्न थाल्यो ।

सबै साथीले आफ्नो गर्लफ्रन्डलाई बाईकमा घुमाउन लैजान्छन् आफु भने त्यहि लोक्कल बसमा झुन्डिएर नै लैजानु पर्छ । कति खुसी हुन्थि होला ऊ बाईकमा घुम्न जादाँ त । फेरि मन अमिलो भयो, बाइकको कमि खट्कियो । यस्तै कुरा मनमा खेलाउदै बस स्टप पुगि सकेछु । बस कुरेर बसिरहेको थिए ।

दाइ १० रुपैयाँ दिनु नु एक्कासी कसैले कोट्याउदै भन्यो । यसो हेरेको ७÷८ वर्ष जतिको आधी शरीर नाङ्गै भएको फुच्चे आँखा मिच्दै एउटा हात मैतिर सोझ्याएर, फेरी पनि दाइ दिनु न १० रुपियाँ हिजोदेखि केही खाएको छैन ।

आफुलाई यहाँ रिस उठिरहेको बेलामा पैसा माग्न आउँछ । छैन मसँग पैसासैसा उता जा भन्दै म ऊबाट पन्छिए । फुच्चे मेरो नजिकैको अर्काे मान्छेको नजिकै गयो र त्यहि कुरा दोहोराउदै माग्न थाल्यो । कोमल हृदयको मानिस रहेछ सजिलै पैसा दियो ।

पैसा पाइसकेपछिको उसको अनुहार हेर्न लायक थियो । ओहो कति खुसी भएको, साच्चिकै भोकै थियो होला सायद । एक्कासी मेरो दिमागमा यो कुरा आयो, म त्यही ठाउँमा भैदेको भए ? मसँग सबै कुरा हुदाहुदै पनि नानाथरि बहानाले बुवा आमासँग झगडा गर्छु ।

पहिलोपटक आफू धेरै भाग्यमानी महशुस गरे मैले । पैसा हातमा मुठ्ठी पारेर त्यो माग्ने फुच्चे केटो दौडिदै मेरा आखाले नदेखिने गरि हरायो । थुक्क १० रुपियाँ पनि दिन सकिन मैले आफैलाई आफैसँग रिस उठ्यो ।

त्यतिकैमा गाडी पनि आइपुग्यो, गाडिमा चढेर झ्यालबाट एकचोटी फेरि बाहिर हेरे फुच्चे केटो कतै पनि वरपर देखिएको थिएन ।

उसले मलाई महत्त्वपुर्ण पाठ सिकायो, जे छ त्यसैमा खुसी हुनपर्छ । उसलाई देखिसके पछि मैले आफुले आफुलाई भाग्यमानी महशुस गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *