बेवारिसे अवस्थामा शव फेला !
मकालु खबर
२०७४ जेठ १५ गते
“
कपिलवस्तु, जेठ ९ । कपिलवस्तु शिवराज नगरपालिका –६ सन्डीमा आज बिहान बेवारिसे अवास्थमा एक किशोरको शव फेला परेको छ ।
चन्द्रौटा कृष्णनगर सडक खण्डको सन्डी गाउँ जाने बाटोको छेउमा कालो टिसर्ट र सेतो पाइन्ट लागएको अवस्थामा अन्दाजी १४–१५ वर्ष जस्तो देखिने किशोरको शव फेला परेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी सहायक निरीक्षक विष्णु राउतले जानकारी दिए ।
स्थानीयले किशोरको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शबको स्वास्थ्य परीक्षणका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको प्रहरी सहायक निरीक्षक राउतले बताए ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित