सारा नेपालीलाई राष्ट्रवादको पाठ पढाउन जरुरी छैन – कांग्रेस
२०७४ जेठ १५ गते

“
काठमाडौँ, जेठ ९ । पुर्व प्रधानमन्त्री एवम् कांग्रेसका नेता शेरबहादुर देउवाले हिमाल, पहाड र तराईमा बस्ने सबै नेपाली राष्ट्रवादी भएको बताएका छन् । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै विपक्षी दलका नेता देउवाले सबै नेपाली राष्ट्रवादी भएको बताएका हुन् ।
उनले नेपालीलाई राष्ट्रवादबारे पाठ नपढाउन समेत सरकारलाई आग्रह गरेका छन् ।
उनका अनुसार, ‘उत्तर–दक्षिण र पूर्व–पश्चिममा सिमानाको रक्षा गरेर बसेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरुलाई राष्ट्रवादबारे पानाका पाना पाठ पढाउन जरुरी छैन ।’
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








