विश्वकप फुटबलमा इंग्ल्याण्डको कप्तानी ह्यारीले गर्ने

“एजेन्सी । रुसमा हुने विश्वकप फुटबलमा इंग्ल्याण्डको कप्तानी ह्यारी केनले गर्ने भएका छन् । म्यानेजर ग्यारेथ साउथगेटले इंग्ल्याण्डको कप्तान ह्यारी भएको घोषणा गरेको विविसीले जनाएको छ ।
२४ वर्षीय ह्यारी केनले लाष्ट सिजनमा टोटनह्यामबाट सबै खेलमा ४१ गोल गरेका थिए । उनको महत्वपूर्ण योगदानको कारण टोटनह्याम प्रिमियर लिगको तेस्रो स्थानमा रहेको थियो ।
ह्यारी केनले इंग्ल्याण्डबाट २३ खेल खेल्दै १२ गोल गरिसकेका छन् ।
म्यानेजर साउथगेटले ह्यारीमा केही उत्कृष्ट खेलाडीमा हुनुपर्ने गुण रहेको बताए ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *