देउवालार्इ इङि्गत गर्दै डा. काेइरालाले भने-‘कांग्रेसको भविष्य समेत संकटमा पर्छ’

जेठ ७, सिन्धुपाल्चोक । संगठन निर्माणमा लागेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्व अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएका छन् ।

हिजाे आइतबार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीमा आयोजित कार्यकर्ता भेलामा उनले साे अाराेप लगाएका हुन् । पार्टी सभापति शेरबहादुर देउवा तर्फ इङिगत गर्दै डा. काेइरालाले आफूहरु लोकतान्त्रिक पद्धतीबाट पार्टी सञ्चालन होस् भन्ने पक्षमा रहे पनि नेतृत्वले खल्तीबाट पार्टी सञ्चालन गरिरहेको जिकिर गरे ।

‘कांग्रेसको अहिलेको नेतृत्व विधान पनि मान्दैन र सहमतिमा पनि आउँदैन’ यस्तै अवस्था रहने हो भने कांग्रेसको भविष्य समेत संकटमा पर्छ ।’ उनले कार्यकर्तालार्इ संबाेधन गर्दै भने ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दुइ वामपन्थी शक्ति मिलेरभन्दा पनि कांग्रेसको संगठन कमजोर भएकाले पराजित भएको डा. काेइरालाकाे ठहर छ । वर्तमान नेतृत्वले पार्टी संगठनलाई शून्य बनाएको आरोप लगाउँदै कोइरालाले यो नेतृत्व रहदासम्म कांग्रेसले चुनाव हारिरहने दावि समेत गरे । ‘नेतृत्वले पार्टीलार्इ यसरी नै शून्य अवस्थामा ल्याउने हाे भने, पाटीर्ले कुनैपनि निर्वाचन जित्न सक्दैन ।’

पछिल्लो चरणमा कांग्रेसभित्र गैर राजनीतिक चरित्रका मान्छेहरुको व्यापक प्रवेश भएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘कमाउनका लागि मात्रै पार्टीमा आउनेहरुको जमात बढेको छ, यसले कांग्रेसलाई कता लैजान्छ मलाई चिन्ता लागेको छ’ कोइरालाले भने ।

काेइरालाले फौजदारी अभियोग लागेका संसदहरुलाई स्वत निलम्बन गर्ने विषयमा कांग्रेसले लिइरहेको अडान गलत भएको टिप्पणी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *