संसदमा नेपाल कम्युनिस्ट पार्टीको वरियता, सत्तापक्षको सिटको पहिलो नम्बरमा प्रचण्ड

काठमाडौ, जेठ ४ । एमाले र माओवादी केन्द्रले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाएको संसदलाई पनि जानकारी गराएका छन् ।

संसदको शुक्रबारको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेको जानकारी दिएका छन् ।

तत्कालीन एमाले र माओवादीका नेताहरु अब सत्तारुढ बेञ्चमा नयाँ वरियता क्रम अनुसार बसेका छन् ।

नेकपाको वरीयता क्रम अनुसार सत्तापक्षको सिटमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा बसेका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने सरकारका लागि छुट्याएको सिटमा रहेकाले सत्तारुढ सिटमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् ।

प्रचण्डपछि वरिष्ठ नेता माधवकुमार नेपाल बसेका छन् । चीनमा रहेका झलनाथ खनालको सिट खाली नै थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *