प्रोग्राममा जज नबन्नुका साथै रक्सीको विज्ञापन नगर्ने नायिका करिश्माको प्रतिद्धता

सदाबाहार नायिका करिश्मा मानन्धर यतिबेला फिल्ममा भन्दा पढाईमा फोकस गरिरहेकी छिन् । एसईई नसिध्याएसम्म दायाँबायाँ नगर्ने उनले सार्वजनिक गरी सकेकी छिन् । आफूलाई जति राम्रो ब्यानरबाट फिल्मको अफर आए पनि अहिले स्वीकार्न नसक्ने करिश्मा बताएकी छिन् । एसइइ सकेपछि आफैं फिल्म बनाउने उनको योजना रहेको छ ।

यसैबीच करिश्माले आफ्ना दुई प्रतिवद्धता सार्वजनिक गरेकी छिन् । आफुले रक्सी पिउने करिश्माले रक्सीको विज्ञापन नगर्ने पहिलो प्रतिद्धता जाहेर गरेकी छिन् । विगतमा रक्सीको विषयमा अन्तरवार्ता दिँदा उनी विवादमा पनि परेकी थिइन् । तर उनले अहिलेसम्म भने रक्सीको विज्ञापन गरेकी छैनन् ।

‘रक्सीको विज्ञापन गर्दा राम्रो पैसा पनि पाइन्छ, तर म कदापि गर्दिन,’ करिश्मा भन्छिन्, ‘यसले समाजमा राम्रो सन्देश जाँदैन ।’करिश्माले गरेको अर्को प्रतिवद्धता हो, कुनै पनि प्रोग्राममा जज नबन्ने । अहिले सुन्दरी प्रतियोगितादेखि रियालिटी शोसम्ममा करिश्माको खोजी भइरहेको छ । तर, उनी कुनैमा पनि सामेल भएकी छैनन् ।

आफूमा मानिसहरुलाई जज गर्ने क्षमता नभएको करिश्मा बताउँछन् । ‘अरुको मूल्यांकन गर्नु निकै चुनौतिको कुरा हो, मसँग यो क्षमता छैन,’ उनले इमान्दारितापूर्वक भनिन्, ‘त्यसैले कहिँ पनि जज बन्ने अफर स्वीकार्न सक्दिनँ ।’

उनलाई विगतमा मिस नेपालबाट जज बन्ने प्रस्ताव आएको थियो । तर, उनले अस्वीकार गरेकी थिइन् । यसैगरी विभिन्न रियालिटी शोहरुबाट पनि अफर आउने गरेता पनि आफूले स्वीकार्न नसक्ने करिश्माले बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 1 =