शिक्षकले विद्यार्थीमाथि कुटपिट गर्दा टाउकोमा गम्भीर चोट

डडेल्धुरा, जेठ ४ । डडेल्धुराको परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा शिक्षकले एक विद्यार्थी कुटपिट गरेका छन् ।

गणित विषयका शिक्षक गजेन्द्र अवस्थीले कक्षा ६ मा अध्यनरत १२ वर्षीय राम कामीमाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट परशुराम नगरपालिका–२, गोगनका कामीको टाउकोमा गम्भीर चोट लागेको छ ।

इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिएका छन् ।

कुटाइबाट टाउकोमा गम्भीर चोट लागेका कामीको विद्यालय नजिकैको स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जोगबुढा अस्पताल पुर्‍याइएको थियो ।

त्यहाँ पनि उपचार सम्भव नभएपछि कैलाली लान लागिएको पीडित विद्यार्थीका बुवा डम्बर विकले जानकारी दिएका छन् ।

विद्यार्थीका अभिभावकले कुटपिट गर्ने शिक्षकमाथि कारबाही र उपचार खर्च उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *