क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका लेखा अधिकृतद्धारा व्यापक भ्रष्टाचार !

धरान, जेठ ४ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहराका लेखा अधिकृत शोभित लाल यादवले आफनो पदको दुरुपयोग गर्दै ब्यापक अनियमितता र भ्रष्टाचार गरेको खुलासा भएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन (नार्क) ईकाइ कमिटी, क्षेत्रिय कृषि अनुसन्धान केन्द्र तरहराले नेकपा एमाले र नेकपा माओवादी केन्द्र नगर कमिटिलाई बुझाएको पत्रमा लेखा अधिकृत यादवले ब्यापक मात्रामा अनियमितता गरेको खुलासा भएको उल्लेख गरिएको हो ।

पत्रमा यादवले आफु बसेको क्वार्टर निर्माण गर्न टेन्डर गरेजस्तो गरि लाखौँ रकम भ्रष्टाचार गरेको खुल्न आएको हो । उनलाई वर्षौदेखि काम गर्दै आएका ज्यालादारी मजदुरलाई विस्थापित गरि १५ जना आफन्तलाई काममा लगाए जस्तो गरेर लाखौ रकम लिएको आरोप लागेको छ ।

उनले पुर्वाञ्चलमा गहुँको बीउको अत्यधिक माग हुँदा पनि स्थानिय कृषकलाई बीउ नदिइ राजविराज लहानका एग्रोभेटर ब्यापारीहरुलाइ कार्यालयकै अगाडि बढि मुल्यमा बीउ बिक्री गरेको बताइएको छ ।

यसैगरी राजस्वको बिल सबै यूनिटबाट खोसी आफुखुसी मिति राखी, जात नखुलाई बिक्रि गरि स्टक मिलाई भ्रष्टाचार गर्ने गरेको भन्ने समेत उनलाई आरोप लागेको छ ।

उनले विभिन्न मन्त्री, पार्टि, नेता, केन्द्रका हाकिम आदिका नाममा हजारौ के.जी. माछा, कुखुरा, टर्की, बिना बिल लगेर ब्यापक अनियमितता गरेको, गाडी मर्मत, अन्य मर्मत सम्भारका नाममा बिना टेन्डर/कोटेशन, लाखौ रकम भ्रष्टाचार गरेको, ज्यामी ज्याला बजेटमा ब्यापक अनियमितता गरेको र हाल बजेट सकिएको अवस्थामा कार्यालयका दैनिक कार्यक्रम सञ्चालन गर्न समेत कठिनाइ भइरहेको पत्रमा उल्लेख छ ।

यस केन्द्रमा आएपछि ४४ लाखको स्करपीयो कार खरिद गरेको र उक्त गाडीलाई आवश्यक पर्ने डिजेल–मोबिल कार्यालयको बजेटबाटै खर्च गर्नुका साथै निजि ड्राइभरलाई समेत कार्यालबाटै ज्यामी ज्यालाबाट भुक्तानी गर्ने गरेको पनि पत्रमा उल्लेख छ । साथै उनले ठेक्कापट्टालाई समेत टुक्रा–टुक्रा पारी कोटेशनबाट कार्य गराइ अनियमिता गरेको जनाइएको छ ।

तेस्तै माछा, कुखुरा बंगुर आदिको दाना शीर्षकमा पर्याप्त बजेट हुँदाहुँदै पनि फर्जी बिल बनाइ नर्वस बिना लागत नराखी भ्रष्टाचार गरी बजेट समाप्त भएको भन्दै हाल उक्त पशुपंक्षीहरुलाई धानको भुस तथा बिस्कुट फ्याक्ट्रीबाट आउने उप–उत्पादन खुवाउँदा उपात्दकत्व घट्नुका साथै अनुसन्धान कार्यमा समेत प्रत्यक्ष प्रभाव परेको संगठनले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *