‘शैक्षिक मेला ABROAD STUDY मा जाने विद्यार्थीलाई महत्वपूर्ण’

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरान शाखाले आउँदो शनिबार एक दिने शैक्षिक मेलाको आयोजना गर्दैछ । गुणस्तरीय शिक्षा हासिल गरी आफ्नो भविश्य बनाउने सपना देखेका विद्यार्थीलाई लक्षित गरि शैक्षिक मेला आयोजना गरिएको हो ।

कक्षा १२ उत्तिर्ण गरेका ब्याचलर तथा मास्टर्स गर्न चाहने विद्यार्थीलाई आफ्नै घर आँगनमा सहि परामर्श दिन शैक्षिक मेला गरिएको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरान शाखा प्रमुख तथा टप युनिभर्सल एकेडेमीका म्यानेजिङ डाइरेक्टर प्रकाश लकान्द्रीले बताएका छन् ।

धरानको गोर्खा डिपार्टमेण्टको हलमा हुन गईरहेको शैक्षिक मेलाबाट विद्यार्थीले के कस्तो सेवा पाउँछन् ? शैक्षिक मेलामा विद्यार्थीको सहभागिता किन आवश्यक छ ? भन्ने विषयमा द नेक्स्ट एजुकेशनका धरान शाखा प्रमुख प्रकाश लकान्द्रीसँग गरिएको कुराकानीको संक्षेपः

पछिल्लो समय कक्षा १२ पास गरेका विद्यार्थीहरुको शैक्षिक रुचि कस्तो छ ?

१५ वर्ष अघिसम्म एसएलसी वा स्नातक पास गरेपछि विद्यार्थीहरु सकेसम्म जागिर खाने नभए सानोतिनो ब्यवसाय गरेर घर गृहस्थी सम्हाल्ने मानसिकतामा हुन्थे । केहि विद्यार्थी उच्च शिक्षाका लागि विदेश जाने भनेर पैसा कमाउने र उतै सेटल हुने चाहना राख्दथे तर, पछिल्ला केही वर्ष यता सञ्चारको द्रुत विकास सँगै नेपाली विद्यार्थीले पनि विश्व बजारको शिक्षा प्रणालीका बारेमा जानकारी पाउन थाले, सँगसँगै नेपालको शैक्षिक प्रणाली पनि क्रमशः बैज्ञानिक र विश्व प्रतिष्पर्धा गर्न सक्ने हुन थाल्यो, जसले गर्दा प्लस टु उत्तिर्ण गरेपछि उच्च शिक्षाका लागि विदेश जानुपर्छ भन्ने सोच विकसित भएको देखिन्छ ।

विदेश जाने विद्यार्थीले विषय छनौट गर्दा कस्ता विषयहरु प्राथमिकतामा परेका छन् ?

हाम्रो परम्परागत शिक्षण विधि अन्तर्गत आर्टस् त्यसपछि म्यानेजमेण्ट अनीमात्र साइन्सले प्राथमिकता पाएको थियो । अहिले विश्वब्यापी रुपमा हरेक विषय स्पेशलाइजेसन भयो । साइन्स, म्यानेजमेण्ट जस्ता विषयमा फरक–फरक विषय आयो जसले गर्दा विद्यार्थीहरुलाई कुनै एक विषयमा फोकस भएर अगाडी बढ्न सहयोग पुग्यो ।

अहिले विद्यार्थीहरुमा सिपमुलक प्राविधिक विषयप्रति आकर्षण बढेको छ । होटल मेनेजमेण्ट, फेशन डिजाइनिङ, कम्प्युटर साइन्स, आइटी, नर्सिङ, फार्मेसी जस्ता विषयमा विद्यार्थीको रुचि पाइएको छ ।

पहिला ब्रिज कोर्ष, ट्युसन कक्षा लगायत चलाउनु भएको अहिले कन्सल्टेन्सीको शाखा नै ल्याउनुको कारण के हो ?

समयसँगै शिक्षाको दायरा पनि फराकिलो भयो, अहिले विद्यार्थीहरु नेपालमा मात्र पढेर सिमित हुँन चाहँदैनन्, विदेश गएर सिप सहितको उच्च शिक्षा हासिल गरेर नेपाल आएर सेटल हुन चाहन्छन् ।

पूर्वको शैक्षिक परामर्श ब्यवसायमा विद्यार्थीलाई सहि दिशानिर्देश गर्ने संस्थाको कमी छ । खास गरी अष्ट्रेलिया र न्यूजल्याण्डका विषयमा काम गर्ने संस्थाहरुले विद्यार्थीलाई राम्ररी काउन्सेलिङ गर्न नसकिरहेको अवस्थामा मैले गत महिनाबाट द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीको शाखा सञ्चालन गरेको हुँ ।

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी कस्तो संस्था हो ?

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी आफैँमा एउटा राम्रो शैक्षिक परामर्श केन्द्र हो । ABROAD STUDY मा जान चाहने विद्यार्थीहरुको हितको लागि नै यो संस्थाको स्थापना गरिएको हो । विद्यार्थीहरुको शैक्षिक, आर्थिक, मानसिक अवस्थालाई विज्ञ परामर्शदाताबाट अध्ययन गरेर उनीहरुलाई सहि दिशानिर्देश गर्ने गरिन्छ । यसका साथै उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुलाई IELTS, TOEFL जस्ता भाषाका कक्षा पनि सञ्चालन गर्दछ ।

द नेक्स्ट एजुकेशन विशुद्ध अष्ट्रेलिया र न्युजिल्याण्डका उत्कृष्ट कलेज र विश्वविद्यालयका लागि काम गर्ने शैक्षिक संस्था हो । द नेक्स्टबाट वर्षमा १ हजार भन्दा बढी विद्यार्थीहरु अष्ट्रेलिया र न्युजिल्याण्ड अध्ययनका लागि जाने गरेका छन् ।

द नेक्स्टले कस्ता देशहरुमा विद्यार्थी पठाइरहेको छ ?

द नेक्स्टले विश्वका विभिन्न देशहरुमा विद्यार्थीहरुलाई ABROAD STUDY का लागि पठाउने गर्दछ । विशेषतः हामीले अष्ट्रेलिया र न्युजिल्याण्ड अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श र सेवा दिईरहेका छौं ।

द नेक्स्टका नेपाल र बाहिर गरी कहाँ–कहाँ कार्यालयहरु रहेका छन् ?

द नेक्स्ट एजुकेशनले आफ्नो सेवा नेपालमा मात्र सिमित राखेको छैन, नेपालबाट अष्ट्रेलिया गएका विद्यार्थीलाई त्यहाँ कुनै समस्या नहोस् भनेर सिड्नीमा आफ्नै शाखा स्थापना गरेको छ । नेपालमा यसको मुख्य कार्यालय काठमाडौँ, डिल्लीबजारमा छ ।

पूर्वका विद्यार्थीलाई स्तरीय सेवा प्रदान गर्नका लागि गत महिनाबाट धरानमा शाखा स्थापना गरिएको हो । त्यस्तै बुटवल, पोखरा, नवलपरासी र चितवनमा पनि अर्को शाखा विस्तार गर्दैछौँ ।

‘मेलामा विद्यार्थीलाई विभिन्न अफर छ’

विद्यार्थीहरु आफ्नो भविष्य सेटल गर्नका लागि नै ABROAD STUDY मा जाने गर्दछन् । यहाँ पढेका विषयहरुको आधुनिकीकरण गरी नेपालमै केही गर्ने उद्देश्यले विदेश जाने विद्यार्थीहरु प्रशस्तै छन् । कतिपय विद्यार्थीहरु भने भविष्यमा विदेशमै सेटल हुने उद्देश्यले पनि जाने गर्दछन् ।

एउटा शैक्षिक परामर्शदाताले शुरुमा हेर्ने भनेकै विद्यार्थीको क्वालिफिकेशन हो । अनि IELTS गरेको छ कि छैन त्यो बुझिन्छ । IELTS गरेको छैन भने, विद्यार्थीलाई IELTS टेष्ट गराउन लगाइन्छ । विषयअनुसार योग्यता पुरा गर्नुपर्ने हुँदा विद्यार्थीले राम्रो SCORE ल्याउनुपर्छ । विद्यार्थीले आफुले चाहेको कोर्सको योग्यता पुरा गर्न सक्ने, नसक्ने विषयमा पनि हामी काउन्सिलिङ गर्ने गर्दछौँ । विशेषगरी अंग्रेजी भाषा राष्ट्रिय भाषाका रुपमा रहेका देशहरुमा अंग्रेजी भाषाको ज्ञान महत्वपूर्ण हुन्छ ।

शनिबार हुन गईरहेको शैक्षिक मेलामा सहभागी हुने विद्यार्थीहरुलाई हाम्रो कन्सल्टेन्सीको प्रिभिलेसन कार्ड हुन्छ । यो कार्ड पाउने विद्यार्थीहरुलाई हामीले निःशुल्क IELTS टेष्ट गराउनेछौँ । साथै काउन्सेलिङ, प्रोसेसिङहरु पनि निःशुल्क गराउनेछौँ । त्यस्तै उपस्थित विद्यार्थीहरुका लागि हामीले थुप्रै अफरहरु पनि उपलब्ध गराएका छौँ भने उपस्थित नभएका विद्यार्थीहरुले भने अफिसमा आएर ABROAD STUDY सम्बन्धी विस्तृत रुपमा जानकारी प्राप्त गर्न सक्नेछन् । ति विद्यार्थीहरुका लागि पनि काउन्सिलिङ, प्रोसेसिङ निःशुल्क नै गराउनेछौँ ।

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीसँग ५० भन्दा बढी विश्वविद्यालय र कलेजहरु छन् । विद्यार्थीहरुका लागि कस्ता कलेज र विश्वविद्यालयमा जाने भन्ने विषयमा हामीसँग छनौटका विकल्पहरु धेरै छन् । विद्यार्थीहरुले आफ्नो आर्थिक पक्ष हेरेर पनि कलेज तथा विश्वविद्यालय छनौट गर्ने अप्सन हामी सँग छ ।

त्यस कारण ABROAD STUDY मा जाने सोच बनाएका विद्यार्थीलाई एक पटक हाम्रो शैक्षिक मेलामा सहभागी भईदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरु द नेक्स्ट एजुकेशन मै किन आउने ?

धरानमा लगभग आधा दर्जन बढी कन्सल्टेन्सीहरुले विद्यार्थीलाई ABROAD STUDY का विषयमा सेवा दिईरहेका छन् । ति सबै कन्सल्टेन्सीहरुले विद्यार्थीलाई ABROAD STUDY का विषयमा पर्याप्त परामर्श दिन सकिरहेका छैनन् । द नेक्स्ट कन्सल्टेन्सी स्थापनाको १३ वर्ष पुरा भएको छ ।

यसले विद्यार्थीलाई सहि परामर्श दिँदै आएको छ । भने, अष्ट्रेलिया र न्यूजलेण्डका उत्कृष्ट कलेज र विश्वविद्यालयका लागि काम गर्दछ । हामी विद्यार्थीलाई विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्न प्रेरित गर्दछौं ताकि, हाम्रो देशले पनि शिक्षा र प्रविधिको क्षेत्रमा फड्को मार्न सकोस् । द नेक्स्टको अर्को राम्रो पक्ष यसले आर्थिक स्थिति कमजोर भएका तर, ABROAD STUDY मा जाने चाहना तिव्र भएका विद्यार्थीहरुलाई छात्रवृत्ति समेत मिलाइदिने गर्दछ ।

बजारमा अनेक प्रकारका कन्सल्टेन्सी छन्, तिनमा सहि कन्सल्टेन्सी कसरी छनौट गर्नेे ?

विद्यार्थीले कन्सल्टेन्सी छनौटमा केही आधारभूत कुराको ध्यान दिन आवश्यक छ । पहिलो आफुले छनौट गरेको कन्सल्टेन्सी नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त छ की छैन ? दोस्रो कन्सल्टेन्सीमा आबद्ध ब्यक्तिहरुको पृष्ठभूमि, तेस्रो त्यो कन्सल्टेन्सीले पठाउने देशहरुमा नेपालको कूटनितिक सम्बन्ध छ की छैन ? चौथो, कन्सल्टेन्सीले प्रस्ताव गरेका देश र त्यहाँका कलेज र विश्वविद्यालयको पाठ्यक्रम र आधिकारिकता, पाँचौं, आफु जान खोजिरहेको देशको भाषा, संस्कृति त्यहाँ अध्ययन गर्दा प्राप्त हुने अवसर ।

यी विषयहरुमा विद्यार्थीले अध्ययन गरेर मात्र अप्लाई गर्ने हो भने कुनै जोखिम हुँदैन । नेपालमा दुई हजारको हाराहारीमा कन्सल्टेन्सी छन् । ती मध्ये इक्यानसँग आवद्ध भएका र शिक्षा मन्त्रालयको स्विकृति प्राप्त गरेका कन्सल्टेन्सीहरु मात्र छनौट गरे ठगिनबाट बच्न सकिन्छ ।

द नेक्स्ट एजुकेशनले धरानमा शैक्षिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?

जो विद्यार्थी ABROAD STUDY मा जान खोजिरहेछन्, उनीहरुलाई एकै छानामुनी विश्वका राम्रा कलेज र विश्वविद्यालयका प्रतिनिधि र दक्ष तथा नेपाल सरकारबाट मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरु ल्याएर करियर काउन्सेलिङ गर्नु शैक्षिक मेलाको प्रमुख उद्देश्य हो ।

शनिबार हुन गईरहेको शैक्षिक मेलामा विद्यार्थीहरुलाई विदेशका उत्कृष्ट कलेज, विश्वविद्यालय त्यहाँको शैक्षिक प्रणाली, भाषा संस्कृति, रोजगारीका अवसर, रहनसहन आदिका बारेमा जानकारी दिनुका साथै शैक्षिक विषयहरुको परामर्श समेत दिइन्छ । मेलामा कतिपय विश्वविद्यालयहरुले अन द स्पट छात्रवृत्ति पनि दिने ब्यवस्था छ ।

शैक्षिक मेलामा विद्यार्थी के कस्ता विषयमा जानकारी हासिल गर्न सक्छन् ?

ABROAD STUDY भनेको के हो ? त्यसका राम्रा पक्षहरु केके हुन् ? ABROAD STUDY मा गएर कस्ता विषय अध्ययन गर्ने ? कस्ता कलेज र विश्वविद्यालयमा जाने ? TELTS, TOEFL लगायतका विषयमा कसरी राम्रो अंक ल्याउने ?, विदेशको शिक्षा निति, वातावरण कस्तो हुन्छ ? ABROAD STUDY मा गएर कसरी सेटल हुने ? कसरी छात्रबृत्ति पाउने ? भिजा प्रकृया र लागतका विषयमा विज्ञहरुबाट परामर्श दिन सक्छन् ।

शैक्षिक मेलामा कस्ता परामर्शदाता आउँछन् ? कति विद्यार्थीहरुको उपस्थिति हुन्छ ?

शैक्षिक मेलामा कलेज तथा विश्वविद्यालयहरुसँग प्रत्यक्ष रुपमा जोडिएका योग्य र शिक्षित परामर्शदाताको उपस्थिति हुन्छ । नेपाल र इन्डियाका दक्ष तथा मान्यता प्राप्त प्रतिनिधिहरुको सहभागीता रहन्छ । एक दिने यो शैक्षिक मेलामा करिब ५०० को हाराहारीमा विद्यार्थीहरुले सहभागीता जनाउने अपेक्षा गरेका छौं ।

अन्तमा, उच्च शिक्षाका लागि विदेश जान खोजिरहेका विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?

खास गरी जो विद्यार्थी ABROAD STUDY का लागि तयारी गरिरहनु भएको छ, उहाँहरुका लागि यो शैक्षिक मेला अत्यन्त महत्वपूर्ण रहेकोले एक पटक आएर भ्रमण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *