एक बर्षमा ७७ जिल्लामै ईन्टरनेटको पहुँच पुर्याउने नेपाल टेलिकमको लक्ष्य

“
काठमाडौं, जेठ ३ । एक वर्षमा मुलुकका सम्पुर्ण गाउँपालिकामा ईन्टरनेटको पुँहुच पुर्याउने नेपाल दुरसञ्चार प्राधिकरणले लक्ष्य लिएको छ । ७७ जिल्ला सदरमुकाममा ईन्टरनेटको पहुँच पुगेपनि सबै स्थानिय तहमा पुर्याउने लक्ष्य लिईएको छ ।
भौगोलिक अवस्था सहित खर्चका हिसाबले पनि सहज पर्ने तार रहित ईन्टरनेट सेवाको पहुँच बढाईनेछ । कुल जनसंख्याको ४० प्रतिशत ईन्टरनेटको पहुँच पुगेको तथ्यांक छ ।
आज विश्व दुरसञ्चार दिवस मनाईरहँदा प्राधिकरणले ९० प्रतिशत जनतामा मोबाईल फोनको पहुँच पुगेको उल्लेख गरेको छ । सिम प्रयोगका आधारमा १ सय ४० प्रतिशत जनताले मोबाईलको प्रयोग गरिरहे पनि दुई भन्दा बढि सिमको प्रयोग एकै जनाले गर्ने भएकाले जनसंख्या भन्दा प्रयोग संख्या बढि भएको प्राधिकरणका प्रवक्ता पुरुषोत्तम खनालले जानकारी दिनुभयो ।
सन् १९६९ देखि संयुक्त राष्ट्रसंघले विश्व टेलिग्राफ सम्मेलनको सम्झनामा दिवस मनाउन शुरु गरेको हो । आर्टिफिसियल ईन्टेलिजेन्सबाट मानव सभ्यतामा पुर्याउन सकिने योगदानका विषयमा यस वर्षको दिवस मनाईदैछ ।
नेपाल दुरसञ्चार प्राधिकरणले पनि काठमाडौंमा दिवसको अवसरमा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरेको छ ।
“








