के तपाईलाई ढाडको समस्या छ ? गर्नुस् शवासन

काठमाडौं, जेठ ३ ।  योगले हाम्रो शरीरमा हुने विभिन्न रोग हटाउन मद्दत गर्छ । नियमित योग गर्दा शरीरमा हुने अनावश्यक विकार हटाउनुका साथै जीवनमा पर्ने अप्ठ्याराहरू हटाउन पनि मद्दत गर्ने गर्दछ । स्वस्थ शरीरका लागि योग महत्वपूर्ण छ । अचेल धेरैलाई ढाड दुख्ने समस्याले सताएको पाइन्छ । यसका लागि शवासन गर्न सकिन्छ

सबैभन्दा पहिले आफ्नो योगम्याटमा आरामसँग बस्नुहोस् । अनि बिस्तारै दुवै खुट्टा खुम्च्याउनुहोस् । अनि त्यही अवस्थामा आरामसँग म्याटमा पल्टिनुहोस् ।

अनि दुवै हत्केलालाई आफ्नो पेटमा राख्नुहोस् । अब आफ्नो आँखा बन्द गरेर श्वासको गतिसँग पेट तल–माथि भएको अनुभूति गर्नुहोस् । त्यसपछि आफ्नो सम्पूर्ण ध्यान श्वासप्रश्वासमा लगाउनुस् । यो पोजिसनमा कम्तीमा १० मिनेट बस्न सकिन्छ । यो अभ्यास जुनसुकै समयमा पनि गर्दा हुन्छ ।

यसरी घुँडा खुम्च्याएर यो योग अभ्यास गर्दा ढाड दुख्ने समस्या हुँदैन । तर, खुट्टा सीधा पारेर गर्दा भने ढाड दुख्ने समस्या हुन सक्छ ।

यदि तपाईंमा ढाड दुख्ने समस्या भएमा पनि यो योग अभ्यास गर्न सक्नुहुन्छ । किनभने, ढाड दुख्ने समस्या भएकाले धेरै योग अभ्यास गर्न मिल्दैन ।

यस्तो योग गरेपछि लामो समयसम्म आराम गर्न जरुरी हुन्छ । नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *