द नेक्स्ट एजुकेशनको शैक्षिक मेला शनिबार धरानमा हुँदै

जेठ ३, धरान । ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई लक्षित गर्दै शनिबार सुनसरीको धरानमा एक दिने शैक्षिक मेला हुँदैछ । द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरान शाखाको आयोजनामा हुने शैक्षिक मेलामा विद्यार्थीले ABROAD STUDY का विविध विषयमा जानकारी हासिल गर्न सक्नेछन् ।

धरानमा लामो समयदेखि शैक्षिक क्षेत्रमा कृयाशिल टप युनिभर्सल एकेडेमीले शैक्षिक परामर्श क्षेत्रमा स्थापित द नेक्स्टको शाखा स्थापना गरेसँगै इटहरीमा पहिलो पटक बृहद् शैक्षिक मेला गर्न लागेको द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी धरानका शाखा प्रमुख तथा टप युनिभर्सल एकेडेमीका मेनेजिङ डाइरेक्टर प्रकाश लकान्द्रीले बताए ।

‘पूर्वाञ्चलका अधिकतम विद्यार्थीलाई ABROAD STUDY का विषयमा दक्ष काउन्सलरबाट परामर्श प्रदान गर्नका लागि पहिलो पटक यो शैक्षिक मेलामा आयोजना गरिएको हो ।’ उनले भने । शाखा प्रमुख लकान्द्रीका अनुसार शैक्षिक मेलामा विद्यार्थीले उच्च शिक्षा हासिल गर्न विदेश कसरी जाने, कस्ता विषय अध्ययन गर्ने, भिजा प्रकृया कस्तो छ ? TOFEL IELTS  मा कसरी राम्रो अंङ्क ल्याउने जस्ता विषयमा दक्ष तथा मान्यता प्राप्त काउन्सरबाट जानकारी पाउन सक्नेछन् ।  ABROAD STUDY मा जाने विद्यार्थीहरूलार्इ माेफसल मै गुणस्तरीय परामर्श दिनका लागि शैक्षिक मेला अायाेजना गरिएकाे हाे ।

‘धेरै विद्यार्थी अरुको देखासिकी र लहलहैमा विदेश जाने चक्करमा हुन्छन्, जसले गर्दा उनीहरुलाई ABROAD STUDY का आवश्यक विषयमा जानकारी नै हुँदैन, यहि कुरालाई मध्य नजर गर्दै यो शैक्षिक मेला गरिएको हो ।’ शाखा प्रमुख लकान्द्रीले भने ।

शैक्षिक मेलामा द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीसँग आबद्ध भएका विश्वका उत्कृष्ट विद्याविद्यालय र कलेजका प्रतिनिधि र नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त काउन्सलरहरुले विद्यार्थीको शैक्षिक, आर्थिक, मानसिक अवस्था हेरेर काउन्सेलिङ समेत गर्नेछन् ।

इटहरीको गोर्खा डिपार्टमेण्ट स्टोरमा हुन गईरहेको शैक्षिक मेलामा कक्षा ११, १२ को परिक्षा दिएका र ब्याचलर, मास्टर्स गर्न विदेश जाने सोच बनाईरहेका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् ।

द नेक्स्ट एजुकेशन कन्सल्टेन्सीले विशेष गरी अष्ट्रेलिया र न्युजलेण्ड अध्ययन गर्न जाने विद्यार्थीका लागि काम गर्ने गरेको छ । मेलामा धरान, इटहरी, तरहरा, बेलबारी लगायत पूर्वका विभिन्न स्थानहरुबाट विद्यार्थीको सहभागिता रहने अपेक्षा गरिएको छ । शैक्षिक मेलामा अष्ट्रेलिया र न्युजलेण्डका उत्कृष्ट विश्वविद्यालय र कलेजका बारेमा विद्यार्थीलार्इ जानकारी गरार्इने छ ।

प्रर्वाञ्चलको धरानमा द नेक्स्ट एजुकेशनले शाखा विस्तार गरेसँगै ABROAD STUDY मा जाने विद्यार्थीहरुलाई करियर काउन्सेलिङ गर्न तथा तयारी गर्न सहज हुने विस्वास लिईएको छ । शैक्षिक मेलामा विद्यार्थीले निःशुल्क सहभागी हुन पाउने ब्यवस्था गरिएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =