भण्डारी स्मृतिमा प्रचण्ड पनि सहभागी हुने

काठमाडौँ, जेष्ठ २ । एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५औँ स्मृति दिवसमा जेठ ३ गते मदननगर बल्खुमा हुने कार्यक्रममा एमालेका अध्यक्ष केपी ओलीसहित केन्द्रका अध्यक्ष दाहाल पनि सहभागी हुने भएका छन् ।

एमाले केन्द्रीय कार्यालयले दुवै अध्यक्षको आतिथ्यतामा स्मृति दिवस हुने जनाएको छ । विसं २०५० जेठ ३ गते चितवनको दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *