विधेयक पास नहुँदै तलब भत्ता उपलब्ध गराउने प्रदेश सरकारको निर्णय

हेटौंडा,जेठ २। सरकारले पेश गरेको मन्त्री, प्रदेशका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश मामिला समितिले मर्यादाक्रम नमिलेको भन्दै अघि बढाएको छैन ।

तर, प्रदेश सरकारले भने प्रदेशसभाले विधेयक पास गर्नु अघि नै प्रस्तावित सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश ३ को मन्त्रिपरिषदको बुधबार बसेको बैठकले प्रदेशका मुख्यमन्त्री, मन्त्री, सभामुख उपसभामुखसहित प्रदेशसभा सदस्यहरुलाई तलब सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

विधेयकमा मूख्यमन्त्रीको तलव ६० हजार ९७० रुपैयाँ प्रस्ताव गरिएको छ । सञ्चार, अतिथि सत्कारसहित मूख्य मन्त्रीले मासिक ७६ हजार १६० बुझ्छन् ।

प्रदेशका मन्त्रीहरुको तलब सुविधा मासिक ५२ हजार राज्यमन्त्रीको ४९ हजार र सहायकमन्त्रीको ४७ हजार प्रस्ताव गरिएको छ । यस्तै सभामुखको ५३ हजार, उपसभामुख र विपक्ष दलको नेताको ५०।५० हजार तलव प्रस्ताव गरिएको छ ।

यस्तै मुख्य सचेतक, प्रमुख सचेतक र समितीका सभापतिहरुको तलब ४९ हजार, दलका प्रमुख सचेतकको ४७ हजार र प्रदेश सदस्यहरुको ४५ हजार तलव प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 8 =