साढे दुई करोड नक्कली नेपाली नोटसहित ६ पक्राउ

काठमाडौं, जेष्ठ २। काठमाडौँका विभिन्न ठाउँबाट एक हजार दरका नक्कली नोटसहित ६ जना पक्राउ परेका छन् । चलचित्र निर्माता तथा वितरक माधव वाग्लेसहित ६ जनालाई प्रहरीले ठूलो परिणााममा नक्कली नोटसहित पक्राउ गरेको हो ।

काठमाडौंको कमलपोखरी, ललितपुरको लुभु, चारढुङ्गे, चावहिल, बागबजार र गोंगबु स्थानबाट पक्राउ परेका उनीहरुबाट २ करोड साठ्ठी लाख त्रिसठ्ठी हजार रुपैयाँ बराबरको नक्कली नोट बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहन कुमार थापाले जानकारी दिए ।

चारढुङ्गे स्थित प्रिनसेस मुभिज प्रालिका सञ्चालक माधवराज वाग्लेको कोठामा खानतलासी गर्दा १ हजार दरको २ करोड ५२ लाख बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *