वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे सन्दीप लामिछाने

काठमाडौं–आइपिएलमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। उनी वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा परेका छन्।

जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन्।

आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन्।
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन्।

आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *