‘आरुषी काव्य प्रभात’ मा उठ्यो युवाको माग

भरतपुर, जेठ १ । आरुषी मिडिया एण्ड इन्टरटेन्मेन्ट चितवनले शनिबार ‘आरुषी काव्य प्रभात’ कार्यक्रम गरेको छ । कार्यक्रममा साहित्यकारहरुले सिर्जना मार्फत राज्यले युवा शक्तिलाई देशमै रोजगार दिने वातावरण बनाउनुपर्ने बताएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एलबी क्षेत्रीले युवा शक्तिलाई राज्यले संवाहकको रुपमा लिनुपर्ने बताए । उनले आफ्नो रचनामार्फत युवाहरुले नै देशमा परिवर्तन ल्याउन सक्ने धारणा राखेका थिए । उनले आरुषी मिडिया युवा परिचालनको संवाहक बनेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि कलाकार रिद्धिचरण श्रेष्ठले युवा जनशक्तिले नै देशमा परिवर्तन ल्याउन सक्ने भएकाले युवा जनशक्तिको विचार सही हुनुपर्ने बताए । कार्यक्रमका अर्का विशिष्ट अतिथि साहित्यकार द्वारिका नेपालले कविता मार्फत युवा जनशक्ति देशबाट पलायन हुँदै गएकोमा चिन्ता प्रकट गरेका थिए ।

कार्यक्रममा सामाजिक अभियान्ता केपीकिरण शर्माले समाज परिवर्तनमा सहयोगी हातहरु उठ्नुपर्ने धारणा राखेका थिए । अर्का साहित्यकार बालकृष्ण थपलिया, निर्दोष जीवनले पनि सिर्जनामार्फत देश परिवर्तन गर्न युवा जनशक्ति परिचालन हुनुपर्ने बताएका थिए । कार्यक्रममा खेमलाल पहारी, सरोज पाठक, तृष्णा सापकोटालगायतले कविता वाचन गरेका थिए । पिजन इन्टरनेशनलका प्रबन्ध निर्देशक राजेन्द्र श्रेष्ठले पनि मन्तव्य दिएका थिए ।

आरुषी मिडियाका अध्यक्ष तथा प्रबन्धक सन्तोष बस्तोकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । अध्यक्ष बस्ताकोटीले आरुषी मिडियाले समाज परिवर्तनमा मुख्य भूमिका खेल्दै आएको बताए । समाजमा युवाहरु परिचालन गरेर परिवर्तन ल्याउन सकिने उनको भनाइ थियो । सोही दिन क्यालेन्डर विमोचन पनि गरिएको थियो ।

आरुषी मिडियाले यसअघि मौलाकालिका मन्दिरमा डस्टविन वितरण, रक्तदानलगायतका कार्यक्रम गरेको छ । त्यस्तै मिडियाले मन्जु श्री असहाय संरक्षण केन्द्रमा आश्रित बालबालिका लागि एक दिनको खाजा वितरण गरेको छ । पिजन इन्टरनेशनल एण्ड एजुकेशन सेन्टरको प्रायोजनमा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि राजेन्द्र श्रेष्ठ थिए । आरुषीका अध्यक्ष बस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 9 =