मधेशको मन जित्न प्रधानमन्त्री ओलीले मैथिली भाषामा के भने ?

काठमाडौं, जेठ १ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको मन जित्न मैथिली भाषामा ट्विट गर्दै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममार्फत मधेशको विकास र समृद्धिका लागि सम्बोधन गरिने उल्लेख गरेका छन् ।

प्रदेश २ बाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुको ज्ञापनपत्र बुझेपछि ओलीले मैथिली भाषामा ट्विट गर्दै यस्तो बताएका हुन् ।

ओलीले प्रदेश २ का सांसदहरुको सर्वदलीय प्रतिनिधिमण्डलसँगको भेटपछि लगातार तीनवटा ट्विट गरेका छन् । जसमध्ये उनले मैथिली भाषामा दुईवटा ट्वीट गर्दै मधेशको मन जित्न खोजेका छन् ।

ओलीले मधेशको शिक्षा, स्वास्थ्य, कृषि, सडक, सिंचाई तथा डुबान समस्याको समाधानका लागि सांसदहरुले देखाएको अग्रसरताप्रति धन्यवाद दिएका छन् ।

गत बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणमा आएका बेला प्रधानमन्त्री ओलीले जनकपुरको जानकी मन्दिरबाट सम्बोधन गरेका थिए । जनकपुुर बासीलाई रिझाउनका लागि उनी जनकपुरमा मैथिली संस्कृति अनुरुपका पोशाकमा देखिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *