पहिरो झर्न नरोकिएपछि सिदार्थ राजमार्ग अवरुद्ध

बुटवल, वैशाख ३१ । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल दोभान सडक खण्डमा खसेको पहिरो पन्छाउने क्रममा माथिबाट पहिरो खस्ने क्रम नरोकिएपछि सडक खुलाउन ढिलाइ भएको छ ।

दुईवटा डोजर र एउटा क्रेन पहिरो पन्छाउन प्रयोग भइरहेका छन् । तर, माथिबाट पहिरो खस्न नरोकिएकाले सडक खुल्न अझै दुई तीन घण्टा लाग्ने पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ३ हेडबक्स भन्ने ठाउँमा माथिबाट सडकमा पहिरो खसेपछि राति २ बजेदेखि यातायात सेवा अवरुद्ध भएको छ ।

पहिरो पन्छाउन बिहान ७ बजेदेखि दुईवटा डोजर र एउटा क्रेन प्रयोग भइरहेको दोभान प्रहरी चौकीका प्रहरी जवान भोजबहादुर गुरुङले जानकारी दिएका छन् ।

सडक अवरुद्ध हुंदा पाल्पातर्फबाट आएका र बुटवलबाट पाल्पा हसंदै विभिन्न जिल्लातर्फ जाने सयौं सवारी साधनको लामो लाइन लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *