काठमाडौँमा आज दिनभर भारी वर्षा हुने, मंगलबारदेखि मौसम सुधार हुने सम्भावना

काठमाडौँ, वैशाख ३१ । काठमाडौँमा आज दिनभर पानी पर्ने मौसमविदले बताएका छन् । वर्षा र बदलीको अवस्था अझै केही दिन जारी रहने मौसमविदले बताएका हुन् ।

दिउसो एकैछिन खुलेजस्तो देखिएतापनि रातिसम्म नै पानी पर्ने र भोलि दिउसोबाट क्रमिक रुपमा सुधार आएपनि पूर्णरुपमा आकाश खुल्न भने अझै केहि दिन लाग्ने मौसमविदले जनाएका छन् । पश्चिमी भूभागबाट प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका सबैजसो क्षेत्रमा बादल लागेर पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले हाल नेपालको आकाशमा न्यूनचापीय रेखा विकास भएको र त्यसैको कारण पानी परिरहेको मौसमविदहरु बताउँछन् ।

पानी पार्ने बादल पश्चिमबाट क्रमिक रुपमा पूर्वतर्फ सर्दै गएको छ । त्यसैले अहिले मध्य र पूर्वी भागमा पूर्णरुपमा बदलीको अवस्था छ ।

सोमबार बिहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंमा १३ दशमलव ३ मिलिमिटर वर्षा भएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *