आज सोमबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौँ, वैशाख ३१ सोमबार । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बैदेशिक क्षेत्रसँग सम्बन्धित व्यापार व्यावसायबाट प्रसस्त आम्दानी हुनेछ भने स्वदेशी उत्पादनमा नाफा कमाउन अलि बढि समय खर्चनुपर्नेछ । लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउनेछ भने शरिरमा आलस्यता तथा अल्छिपना बढेर जानेछ । मध्यान्हबाट समय उत्तम भएकोले नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिस्पर्धीहरु हरेक क्षेत्रमा हावि हुने हुनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनाले तपाईको कमजोरिको अरुले फाईदा उठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला । आर्थिक रुपमा सबल हुनका लागि चालिएका कदमहरु कमजोर रहने हुनाले मानशिक तनाब बढ्नेछ । बेलुकिपख लामो दुरिको बैदेशिक यात्राको तय हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापारको शिलशिलामा प्रतिष्ठित मानिससँगको भेटघाटले नयाँ काम गर्ने जोस जागर बडेर आउनेछ । थोरै मेहनेतबाट प्रशस्त लाभ लिने समय रहेको छ । बुवा तथा बुवा सरहका ब्यक्तिबाट भरपुर सहयोग प्राप्त हुने भने बिद्या तथा बादबिवाद प्रतियोगितामा प्रतियोगिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ । सामाजिक क्षेत्रमा तपाईको सहभागिताले महत्वपुर्ण भुमिका खेल्नेछ भने कार्यक्षेत्रमा सबैको मन जित्दै प्रभुत्व जमाउन सकिनेछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बिहानको समय मध्ययम रहेकोले नया काम गर्नु भन्दा पुरानै कामलाई निरन्तरता दिनुनै राम्रो रहेकोछ । धार्मिक कार्यमा सहभागी भई काम गर्ने अवसर जुर्नेछ । मध्यान्हबाट समय राम्रो रहेकोले पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ । प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनाले जस्तोसुकै चुनौतिको सामना गर्न सहज हुनेछ भने टाढिएका मित्रहरुसँगको भेटघाटले मन प्रशन्न रहनेछ । व्यापार व्यावसायमा बढोत्तरि भई प्रशस्त आम्दानि हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कार्यक्षेत्रमा प्रशस्त समय दिनुपर्ने तर न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । घर परिवारमा दैनिक आउने समस्याले सताउने हुँदा मानशिक तनाब बढेर जानेछ । माया प्रेममा आफुले माया गरेको मान्छेसँग मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा सामान्य खटपटको योग रहेको छ । ऋण, रोग तथा संकटको सामना गर्नुपर्नेछ । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) साझेदारि व्यावसायमा साझेदारहरु बिच मनमुटाब बढ्नेछ भने व्यापार व्यावसायमा नाँफा कमाउन निकै मेहनेत गर्नुपर्नेछ । माया प्रेम तथा पति पत्निबिच अबिस्वास सिर्जना हुन सक्छ अलि बढि सचेत हुनुहोला । परिवारका सदस्यबाट तपाईको काममा सहयोग नहुन सक्छ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछन् । बिद्यामा सफलता पाउन निकै मेहनेत गर्नुपर्ला । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । समयमा काम नबन्दा मानशिक तनाब बढ्नेछ भने आफन्तबाट नै धोका हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अधिकार प्राप्तिको लागि गरिने संघर्षमा बिपक्षहिरुलाई हराउदै निर्णायक तहमा पुगिनेछ । बादबिवाद तथा प्रतिश्पर्धाको लडाईमा प्रतिश्पर्धिहरुले निर्बिरोध तपाईको समर्थन गर्नेछन् भने सामाजिक काम गरि अरुको मन जित्न सकिनेछ । काम गर्ने शैलि परिवर्तन गरेर आम्दानिका स्रोतहरु फराकिला पार्न सकिनेछ । पारिवारिक यात्राको प्रशस्त सम्भावना रहेकोछ भने परिवारकै साथमा रहेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने तथा माया प्रेममा नजिक हुन सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाई लेखाईमा फितलो उपस्थितिले गर्दा अरु भन्दा पछि परिने सम्भावना रहेको छ । सन्तान तथा छोराछोरिले तपाईको काममा आंशिक सहयोग गर्नेछन् । बौदिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ भने सोचेजस्तो पारिश्रमिक नपाउँदा मन खिन्न हुनेछ । मध्यान्हबाट समय राम्रो रहेकोले माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउनेछ । मामा तथा मावलि पक्षबाट सहयोग पाईनेछ भने अरुबेला तपाईको कुरा काट्ने तथा खुट्टा तान्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आधुनिक कृषि तथा पशुपालन व्यावसायलाई आधुनिकिकरण गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने अरु व्यावसायमा नाफा कमाउन निकै नै संघर्ष गर्नुपर्नेछ । राजनिति तथा समाजसेवामा जनताको मन जित्न राम्रा काम गर्दा गर्दै पनि बिपक्षीहरुले अनावस्यक भ्रम सिर्जना गरेर तपाईको साख गिराउन खोज्नेछन् ख्याल गर्नुहोला । आमा, आफन्त तथा आत्मिय मित्रहरुसँग टाढिनु पर्दा मन खिन्न हुनेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउन बढिनै मेहनेत गर्नु पर्नेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवनशैलीमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले अरुको मुख ताक्ने बानिले काममा बिलम्ब हुनेछ । आफन्त तथा आमा सँग मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । राजनिति तथा समाजसेवामा आलोचना सहनुपर्ने हुन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला । मध्यान्हबाट समय राम्रो भएकोले माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नि बिच मायाको डोरो कसिलो भएर जानेछ । व्यापार व्यावसाय अरुदिन भन्दा फस्टाएरु जाने हुनाले थप लगानि गर्न आट आउनेछ । सामाजिक सञ्जाल तथा सञ्चारको माध्ययमबाट आफ्ना विचारहरु जनमानसमा लैजान सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) नयाँ साथि संगतले नयाँ कुराको खोज तथा अनुशन्धान गर्ने जागर आउनेछ । पारिवारिक माहोलमा तथा धार्मिक समारोहमा जमघट भई मिठा मिठा परिवारको स्वाद लिदै रमाईलो गर्न सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा तपाईको नाम अग्र पंतिमा आउनेछ । मध्यान्हबाट समय मध्यम रहेकोले समय र परिस्थितिको राम्रोसँग अध्ययन गरेर मात्र आफ्ना कुरा राख्नुहोला । तपाईको प्रस्तुति सहि ठाउँमा नहुन पनि सक्छ । साथीभाइसँग अलि बढि रमाईलो गर्न खोज्दा गलत परिणम आउन पनि सक्छ ख्याल गर्नुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या बढ्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *