मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

यसकारण बढ्ने गर्छ युवाहरुको स्तनको आकारः

महिलाहरुमा उमेर अनुसार स्तन बढ्नु स्वभाविक नै हो । तर कोही कोही पुरुषहरुमा पनि यस्तो समस्या देखिने गर्दछ । पुरुषहरुमा, खासगरी युवाहरुमा छातिमा स्तनको आकार बढ्नुमा तेलको प्रभाव रहेको एक स्रोतले देखाएको छ ।

खासगरी लावेन्डर तथा चियाको तेलमा हुने रसायनका कारण युवाहरुमा स्तनको आकार बढिरहेको अध्ययनको निष्कर्ष छ । तेलमा हुने ८ प्रकारका रसायनले पुरुषको शरीरमा हर्मोनसँग प्रतिक्रिया गरी स्तनको आकार बढाउँछ ।

पुरुषमा स्तनको आकार असामान्य हुनुलाई गाइनेकेमस्टिया भनिन्छ । एस्ट्रोजेन हर्मोनका कारण पुरुषमा स्तनको आकार ठूलो हुन्छ र यसमा उक्त तेलमा हुने रसायनले उत्प्रेरकको काम गर्दछ । तेलको उक्त रसायनले एस्ट्रोजेन र टेस्टेस्टेरोन हर्मोनलाई बढावा दिन्छ ।

खासगरी यस्तो तेल साबुन, लोसन, स्याम्पु तथा हेयर कण्डिसनरमा प्रयोग गरिन्छ । साथै औषधि र सफाइसँग सम्बन्धित विभिन्न केमिकलमा पनि यस तेलको प्रयोग गरिएको हुन्छ ।

बीबीसी

प्रतिकृयाहरु
Loading...