भारतीय प्रधानमन्त्री मोदी स्वदेश फर्किए

काठमाडौँ, वैशाख २९ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय भ्रमण पूरा गरी आज अपराह्न विशेष विमानबाट स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हार्दिक विदाई अभिवादन गरे । नेपाल भ्रमणका क्रममा उनले जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन एवं पूजाअर्चना गरेका थिए ।

काठमाडौँमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुका साथै उनी दुई देशका प्रतिनिधिमण्डलस्तरीय वार्तामा सहभागी भए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *