लिम्बु समुदायलाई एकजुट बनाउन लिम्बु (याक्थुङ ) कल्याणकारी समाज गठन

सुनसरी, बैशाख २९ । ओझेलमा परिरहेका लिम्बु समुदायलाई एकजुट बनाउनका साथै लिम्बु भाषा,संस्कृति र लिपी ,धर्मको प्रबद्र्धन तथा संरक्षण गर्ने उदेश्यले श्याम सिंघक लिम्बुको अध्यक्षतामा लिम्बु याक्थुङ कल्याणकारी समाजको धरान वडा नं १६ को २१ सदस्यीय नया कार्यसमिती चयन भएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा तीर्थ राज मादेम्बा लिम्बु,बलबहादुर लिङलेन महासचिबमा रमेशमान आङदेङबे सचिवमा बसन्त सेनेहाङ लिम्बु,कोषअध्यक्षमा राजेन्द्र सुक्वाबा, सह कोषअध्यक्ष कबिता लिम्बु रहेका छन् । त्यस्तै सदस्यहरुमा धनमाया थोप्रा, सुन्दर लिम्बु,बुद्धिमान थक्लेन लिम्बु,राजेन्द्र लाबुहाङ लिम्बु सल बहादुर लिम्बु,बालकुमारी लिम्बु, सुुस्मीता लिम्बु ,हेमचन्द्र लिम्बु ,दुर्गा बहादुर हुप्पा चोङवाङ, कालि प्रसाद लिम्बु ,बिमल लिम्बु,भीम लिम्बु रहेका छन् ।

त्यसैगरी बरिष्ट सल्लाहकारहरुमा चन्द्र प्रसाद लिम्बु,झप्तमान लिम्बु र कृष्ण तिम्सीना तथा प्रचार प्रसार सम्योजकमा डेबीट लिम्बु (सुरेन्द्र) लाई चयन गरीएको छ ।

धरान १६ स्थित चन्द्र सांस्कृतिक उच्च माबिको सभाहलमा एक कार्यक्रम आयोजना गरी सो समिति गठन गरीएको हो ।

साथै सोही समाजले आउदो भदौमा लिम्बुहरुको चाड उधौली पर्ब मनाउने समेत तयारी गरेको प्रचार सम्योजक डेबीट लिम्बुले जानकरी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − nine =