गुफा हेर्नेको भीड लागेपछि बन्द गरियो

रामपुर, वैशाख २९ ।  रामपुरमा हालसालै पत्ता लागेको अनौंठो गुफा हेर्नेको भीड लागेपछि गुफा बन्द गरिएको छ । रामपुर नगरपालिकाको रामघाटको भुलादीखोलाको भुद्रङघाट नजिकै फेला परेको अनौंठो गुफा अवलोकन गर्नका लागि दिनहुँ सयौँको संख्यामा भीड लागेपछि अध्ययन अनुसन्धान नहुञ्जेल सम्मका लागि गुफा बन्द गरिएको छ ।

पुरातात्विक विभागबाट गुफाको बारेमा अध्ययन अनुसन्धान नगरुन्जेल सम्मका लागि गुफा बन्द गरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो ।

स्थानीयवासीले बाहिरी भागमा सानो दुलो देखेपछि खोजी गर्ने क्रममा भित्र पसेर अनुसन्धान गरेपछि गुफा रहेको पत्ता लागेको हो । गुफाभित्र शिवलिङ, हात्तीका चित्र, शङ्ख, विभिन्न भगवानका आकृति रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *