लोकदोहोरी गीत ‘नियती’ बजारमा (भिडियोसहित)

 काठमाडौं, वैशाख  । 

‘मुना बसीन् भेट हुने आसमा
मदन उतै हराए लासामा
संगै जिउने बाचा कसम टुटाईदियो भने
तिमी दुखी नबने, धोका दियो नभने मायालु
हाम्रो माया नियतीले छुटाईटियो भने’

यो शब्द लोकदोहोरी गीत नियतीमा समेटिएको पहिलो शब्द हो । एकपछि अर्को लोकप्रिय गीत बजारमा ल्याउने क्रममा मालती डिजीटलले आज मात्रै लोकदोहोरी गीत नियती भिडियोसहित बजारमा ल्याएको छ ।

सदाबहार चर्चित सुमधुर आवाजकी धनी गायीका बिष्णु माझी र नेत्र भण्डारीको आवाजमा रहेको गीतमा लोकदोहोरी गीतमा डम्बर चन्द बगरको शब्द तथा धेरै चर्चीत लोकदोहोरीमा लय भरिसकेका अहिलेका लोकप्रिय तथा चर्चित कलाकार रामु खड्काको लय रहेको छ ।

यस्तै यस गीतमा लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल जोडी महेन्द्र गौतम र रन्जिता गुरुङको जिवन्त अभिनय देख्न सकिन्छ । गाउँका विपन्न दुई जोडीलाई साहुले गरेको शोषण, अत्याचारको बिचमा गीतलाई चरितार्थ गरिएको छ । कपिल लामाको निर्देशन रहेकाे छ ।

https://www.youtube.com/watch?v=ogrFSwexxQ0&feature=youtu.be”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *