‘कोर्स अफ स्टडि’को भ्यालु कत्ति छ, बुझेर काम गर्छौं’

इक्यान पूर्वाञ्चल शाखाले शैक्षिक मेला आयोजना गर्नुको उद्देश्य के हो ?

पूर्वाञ्चलमा हरेक वर्ष धेरै शैक्षिक मेला चल्छ तर, एउटा पनि आधिकारिक रुपमा शैक्षिक मेला अहिलेसम्म लागेको छैन । सानातिना अर्गनाइजेसनले आयोजना गरेका शैक्षिक मेलाबाट विद्यार्थी अभिभावकले ABROAD STUDY का विषयमा जानकारी पाउन सकिरहेका थिएनन । यहि कुरालाई मध्ये नजर गर्दै विद्यार्थीलाई बढि भन्दा बढि सुचना प्रवाह गर्न शैक्षिक मेला आयोजना गरेका हौं ।

विगतमा आयोजना भएका शैक्षिक मेला आधिकारिक नहुनुको कारण के हो ?

विगतमा आयोजना भएका शैक्षिक मेलाहरु केहि निजी संस्थाबाट कोठा भित्र मात्र भए । तिनीहरुले विद्यार्थीलाई सूचना दिनुभन्दा ठग्ने काम मात्र गरे । राज्यले पनि त्यस्ता अगनाईजेशनलाई नियन्त्रण गर्न सकेन । फलस्वरुप उनीहरुले शैक्षिक मेलाका नाममा विद्यार्थी अभिभावकलाई गलत सुचना दिएर दिउसै ठगिइरहेका थिए ।

अहिले कुनै सानो संस्थाले मेला लगाउन चाहन्छु भन्यो भने सरकारले सजिलै अनुमति दिन्छ । यसरी लहरै शैक्षिक मेला लगाउँदा त्यहाँ क्वालिटी पनि हुँदैन । अब सरकारले पनि सोच्नु पर्छ, की कस्तो संस्था र ब्यक्तिले के उद्देश्य लिएर शैक्षिक मेला लगाउँदैछ । वर्षमा २ वा ३ वटा शैक्षिक मेला मात्र लगाउन दिनु पर्छ ।

शैक्षिक मेलाबाट विद्यार्थीहरु केके लाभ लिन सक्छन् ?

शैक्षिक मेलामा आईसकेपछि विद्यार्थीले ABROAD STUDY का विविध विषयमा दक्ष तथा मान्यता प्राप्त संस्थाका काउन्सलरबाट निःशुल्क काउन्सेलिङ गर्न पाउँछन् । शैक्षिक मेलामा हामी स्कलरसीपको कुरा गछौँ । कलेज, विश्वविद्यालय छनौट गर्दा के–के कुरामा ध्यान दिनुपर्छ भन्ने गाईडलाइन दिन्छौं ।

विदेश अध्ययनका लागि कस्तो शैक्षिक योग्यता चाहिन्छ ? कस्ता विश्वविद्यालय र कलेजमा अध्ययन गर्दा सहज हुन्छ ? भाषिक ज्ञान कसरी हासिल गर्ने ? कस्ता कन्सल्टेन्सी राम्रा ? यावत विषयमा जानकारी पाउँछन् ।

शैक्षिक मेलामा कहाँ कहाँबाट विद्यार्थीहरुले सहभागिता जनाउने अपेक्षा गर्नुभएको छ ?

यसको प्लान हामीले स्केच गरि सकेका छौँ । सबै शैक्षिक संस्था र इन्ष्टिच्युटहरुसँग विद्यार्थीहरु हुन्छन् । उनीहरुका प्रमुखलाई भनेर विद्यार्थीलाई भिजिट गर्न आग्रह गरेका र्छौंं ।

अहिले प्लस टूको परीक्षा चरिहेकोले हामीले त्यहि विद्यार्थीहरुलाई निमन्त्रणा कार्ड वितरण गरिरहेका छौं । गाउँ गाउँमा शिक्षकहरु छन्, ती शिक्षकहरुलाई समेत सुचना प्रवाह गरेका छौं । प्रचार प्रसारका कामहरु ब्यापक तवरले भईरहेका छन् ।

तपाईको कन्सलटेन्सीको पनि केहि जानकारी दिनुस न ?

एडुमार्क प्रा.लि. स्थापना भएको अहिले ६ वर्ष भयो । विराटनगरमा शिक्षा मन्त्रालयबाट अनुमति लिने संस्था भनेको हाम्रो हो । संस्थाले विशेष गरि इन्डिया जाने विद्यार्थीहरुको लागि काम गर्छ । यहि वर्षबाट ABROAD STUDY लागि काम गछौँ । अष्टेलिया, डेनमार्क, यूरोपिएन देशहरुको लागि काम गर्दैछौं ।

पूर्वबाट कस्ता विद्यार्थी इन्डिया पढ्न गईरहेका छन् ?

पूर्वको विराटनगरदेखि इटहरीसम्मको कुरा गर्ने होभने इन्जिनियरिङ र डिप्लोमा अध्ययनका लागि इण्डिया जाने गरेका छन् । पूर्वाञ्चलको कुरा गर्ने होभने, इटहरीदेखि इलामसम्म नर्सिङ, इन्जिनियरिङ, फार्मेसीको विद्यार्थीहरु धेरै जान्छन् । लहानदेखि जनकपुरबाट भने धेरै जसो डिप्लोमा पढ्न जाने गर्छन् ।

तपाईसँग इण्डियाका कस्ता-कस्ता यूनिभर्सिटीहरु छन् ?

इन्डियाको ४०/५० वटा यूनिभर्सिटीहरु हाम्रो कन्सलटेन्सीमा भिजिट गर्न आईरहेका हुन्छन् तर, हामीले उनीहरुको पढाई हुने कोर्स अफ स्टडिको नेपालमा कत्तिको भ्यालु छ त्यो कुरा बुझेर मात्र काम गर्छौं ।

इण्डियाका कतिपय शैक्षिक संस्थाहरु मान्यता नदिएको र नेपाली विद्यार्थीहरु समस्यामा परेका कुरा आईरहेका छन्, विद्यार्थीहरु कसरी सचेत हुने ?

विद्यार्थी नठगिउन्, नझुक्किउन् भनेर नै हामीले इक्यान पूर्वाञ्चल स्थापित गरेका हौं । यो समस्या धेरै हदसम्म बढ्न थालिसकेको थियो । इक्यान र शिक्षा मन्त्रालयको नजरमा परेपछि मन्त्रालयले पनि टाइट गर्न थाल्यो । र यसलाई व्यवस्थित बनाउन पनि इक्यान पूर्वाञ्चल शाखा गठन गरिएको हो । कसैले पनि अनैतिक तरीकाबाट विद्यार्थी पठाउन र लान पाउदैन ।

यसलाई रोक थाम गर्न डिस्पलिन मेन्टेन कमिटि बनाएका छौँ । पछिल्लो समय हाम्रो शिक्षा मन्त्रालयसँग राम्रो समन्वय भईरहेको छ । विद्यार्थीले फ्याक्ट फाइन्डिङको काम गर्नुपर्छ । जसले शिक्षा मन्त्रालयबाट अनुमति लिएका छन्, जो इक्यानको मेम्वर हो त्यस्ता संस्थाबाट मात्रै विद्यार्थीले परामर्श लिन आवश्यक छ ।

अन्त्यमा, विद्यार्थीहरुलाई के सन्देश दिन चाहनु हुन्छ ?

विद्यार्थीहरुलाई म के भन्न चाहन्छु भने, कन्सल्टेन्सी छनौट गर्दा होस वा ABROAD STUDY का विषयमा जानकारी लिँदा सबै ठाउँ घुम्नुहोस्, सबै बाट सुचना लिनुहोस तर, कुनै पनि निर्णय लिनु अगाडि सबै कुराको भेरिफाईड गरेर मात्रै अगाडी बढ्नुहोला ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *