साउने सोमबार पशुपतिनाथ मन्दिरमा पूजारीकाे घुईंचो

काठमाडौं, साउन २ । साउन महिनाका प्रत्येक सोमबारमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको आज बिहानैदेखि घुईंचो लागेको छ । साउने सोमबारलाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष तयारी र व्यवस्थाहरु गरेको जनाएको छ ।

साउन महिना र सोमबार भगवान् शिवको महिना र बार मानी धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्ने भएकाले विशेष तयारी गरिएको कोषले जनाएको छ । साउन महिनामा पाँचवटा सोमबार परेको र ५ सोमबार परेपछि झन् भिड हुने भएकाले त्यसै अनुसार तयारी गरिएको छ । पहिलो लाइन मित्रपार्क–उमाकुण्ड–दक्षिणमूर्र्ति–रुद्रगाडेश्वर–वासुकी मन्दिर हुँदै उत्तरढोकाबाट छिरेर दर्शन गर्ने गरी मार्ग कायम गरिएको छ ।

दोस्रो लाइन गौशाला–भुवनेश्वरी–शंकराचार्य मठ–पश्चिम सानो ढोकाबाट पसेर दर्शन गरी सोही मार्गबाट बाहिर निस्कनुपर्नेछ भने तेस्रो लाइन गौशाला, वनकाली वा पिंगलास्थान चक्रपथचोकबाट चार शिवालय हुँदै पञ्चदेवल पूर्व भएर दक्षिण ढोकाबाट प्रवेश गरेर दर्शन गर्ने व्यवस्था मिलाइएको छ । साउनको सोमबार डेढ लाख भक्तजनले दर्शन गर्ने र साउनका अरु दिन दैनिक ५० हजार भक्तजनले दर्शन गर्न सक्नेगरी तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी गराएको छ ।

साउन महिना शुरु भएलगत्तै स्थानीय बजारमा हरियो रङका चुरा र मेहन्दीको व्यापार बढेको छ । विशेष गरी हिन्दू धर्मालम्बी विवाहित महिलाहरुले साउन महिनामा हरियो, पहेंलो रंगको चुरा र मेहेन्दी लगाउने गरे पनि पछिल्लो समय अविवाहित र अरु धर्मका महिलाहरुले पनि लगाउने गरेपछि यसको व्यापार बढेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *