“””स्वस्थ दन्त एवम् स्वस्थ मुख, नेपालका सम्पूर्ण बालबालिकाको मौलिक हक”””

धरान, चैत १८ । “”स्वस्थ दन्त एवम् स्वस्थ मुख, नेपालका सम्पूर्ण बालबालिकाको मौलिक हक”” भन्ने मुल नाराका साथ सुनसरीको धरानमा दोश्रो पेडोनेप सम्मेलन हुने भएको छ ।

धरान १८ स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पिडोडान्टिक्स एण्ड प्रिभेन्टीभ डेन्टीस्ट विभागको आयोजनामा सो सम्मेलन हुने भएको हो । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सभाहलमा आतबार पत्रकार सम्मेलनको आयोजना गरी सो सम्मेलन हुने जनाएको हो ।

उक्त सम्मेलन आउँदो चैत्र २१ देखी २३ गते सम्म हुने विभागीय प्रमुख बन्दना कोइरालाले जानकारी दिइन् ।

उनका अनुसार, सम्मेलनमा दन्त रोग विशेषज्ञहरुबाट वैज्ञानिक ज्ञान आदान प्रदान गर्ने उद्देश्यले यस्ता कार्यक्रम गर्न लागिएको हो । उनले सो सम्मेलनबाट बालबालिकाहरुको दाँत तथा मुख स्वास्थ्य उपचार एवम् मुखको रोगको रोकथामका लागी अपनाईने विधिको ज्ञान प्रदान गरिने बताइन् ।

साथै पेडोनेप सम्मेलनले बाल दन्त रोग विशेषज्ञ, अन्य दन्त रोग विशेषज्ञ, दन्त चिकित्सक तथा विधार्थीहरुमाझ अध्यावधिक गर्न मद्धत गर्नुका साथै नेपालका सम्पुर्ण बालबालिकाहरुको दाँत तथा मुख स्वास्थ्य सुधारका निम्ति कोसे ढुंगा सावित हुने बताइन् ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र सञ्चालन हुने सो सम्मेलनमा नेपाल र भारतका गरी करिब २ सय जना अन्तर्राष्ट्रिय विज्ञहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

यस्तो प्रकारको पहिलो सम्मेलन एक बर्ष अगाडी काठमाडौँमा सम्पन्न भएको थियो ।

पिडिडान्टिक्स एण्ड प्रिभेन्टीभ डेन्टीस्ट विभाग दन्त चिकित्सकको विभिन्न विद्या मध्येको शिशु, बालबालिका, किशोर किशोरी, र स्वास्थ्य अवस्था भएका बालबलिकाकाहरुको दाँत एवम् मुखको रोगको प्राथमिक तथा सम्पूर्ण रोकथाम एवम् उपचार सेवा प्रदान गर्ने विभाग हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *