चिनिया राजदुत धरानमा

धरान, चैत १८ । नेपालका लागि गणतन्त्र चीनका राजदूत यु होङ र धरान उपमहामनगर पालिकाका प्रमुख तारा सुब्बाबीच भेटवार्ता भएको छ ।

नेपाल संघीय मुलुक भएपछि पहिलो पटक धरान आएकी राजदूत यु होङले भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धलाई बलियो बनाउनुपर्ने बताइन् । उनले मुलुकमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको चुनावसंगै संघीय सरकारले पूर्णता पाएकोप्रति खुशी व्यक्त गर्दै अब नेपालले पनि आर्थिक क्रान्तितर्फ अग्रसर हुनुपर्नेमा जोड दिएकी छन् ।

उनले नेपाल र चीनबीचको सदीयौं देखिको सम्बन्धलाई प्रगाढ बनाउँदै विकासका कार्यक्रममा समेत हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिईन् । उनले अवसरको सदुपयोग गर्र्दै दश सम्बृद्धितर्फ उन्मुख होस् भन्ने शुभकामना व्यक्त गरिन् । यसका लागि चिनिया सरकारले जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।

धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाले चीन सरकारको वान बेल्ट वान रोड अवधारणा दू्रत गतिमा कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले चीनका नाकाहरुबाट नेपाल र चीनबीचको आवातजावत सहज बन्दै दुई देशबीचको व्यापार प्रवद्र्धनमा समेत सहयोग पुग्ने बताए ।

उनले धरान र चीनको कुनै उपयुक्त सहरबीच मितेरी सम्बन्धबाट मानवीय क्षमता विकास, नागरिक स्तरमा भ्रमणहको आदान प्रदान लगायतका कार्यक्रमले आगामी दिनमा अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरे । धरान १२ मा रहेको धरान उपमहानगरपालिकाको कर्मचारी एसोसिएनको हलमा आयोजित कार्यक्रममा स्थानीय तहका दलका प्रतिनिधि, धरान उपमहानगरपालिकाका कर्मचारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

यसैबीच राजदुत यु होङ नेपाल चीन जनमैत्री संघले आयोजना गरेको स्वागत कार्यक्रममा समेत सरिक भईन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *