उद्यमशिलताबाट राष्ट्र निर्माणमा अग्रसर कलकल हर्वल

यति बेला लाखौँ दक्ष युवाहरू स्वदेशमा रोजगार नपाएर कौडीको भाउमा विदेशीन बाध्य छन् । त्यत्ति कै मात्रामा उच्च शिक्षाकै लागि विदेशीने र विदेशमै सेटल हुने युवा जमातको सङ्ख्या पनि छ । राज्यले राष्ट्र निर्माणमा सही नीति निर्माण गर्न नसक्दा यो समस्या देखिएको छ ।

तथापि, हामीले राज्यलाई मात्रै सबै दोष दिएर आफू पन्छिने अवस्था पक्कै छैन । यही कुरालाई मनन गर्दै उद्यमशिलता र स्वावलम्बनबाटै देशलाई विकासको पथमा लैजान सकिन्छ भनेर एउटा समूह लागि परेको छ ।

भक्तपुरमा रहेको कलकल ग्रुप प्रा.लि.ले युवा जनशक्तिमा रहेको सिप र जाँगरलाई स्वदेशमै उपयोग गरी राष्ट्र निर्माणको अभियान थालेको छ । यसका लागि कलकल ग्रुपले उद्यमशिलतालाई प्राथमिकतामा राखेर नेपालमै पाइने प्राकृतिक जडीबुटीको उपयोग गर्न हर्वल उद्योगको स्थापना गरेको छ ।

जीवन विज्ञान केन्द्रमा आबद्ध यो समूहले स्वदेशमा रहेका विभिन्न जडीबुटीलाई प्रसोधन गरी मानव स्वास्थ्यका लागि उपयोगी वस्तुहरूको उत्पादन, प्रसोधन र ब्यवसायीकरण गर्ने गरेको छ । ‘युवाहरूलाई स्वदेशमै रोजगारको वातावरण सृजना गरी उनीहरूलाई आत्मनिर्भर बनाएर राष्ट्र निर्माणको अभियानमा सहभागी हुन उद्योग स्थापना गरेका हौँ । नेपाललाई संवृद्ध बनाउन अब हामी आफैँले कर्म गर्नुपर्छ भन्ने हाम्रो अभियान हो ।’–उद्योगका प्रमुख कार्यकारी अधिकृत करुण सागर पराजुलीले बताए ।

‘नेपालको मुख्य समस्या भनेको गरिबी र बेरोजगार हो, यसैका कारण भ्रष्टाचार समेत बढेको हो, युवाहरूलाई आत्मनिर्भर बनायौँ भने, गरिबीका साथै भ्रष्टाचार समेत कम हुन जान्छ र यसका लागि उद्योग व्यवसाय गर्नुपर्छ’ यही उद्देश्य लिएर स्थापना भएको कलकल ग्रुपले १ महिना यता बजारमा हर्वल साबुन ल्याएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली आफैँमा युवा हुन् । अस्ट्रेलियाबाट उच्च शिक्षासँगै व्यावसायिक दक्षता हासिल गरेर नेपालमै केही गरू भनेर आएका छन् । ‘विदेशमा हासिल गरेको ज्ञान र सिपलाई स्वदेशको विकासमा लगाउन आवश्यक देखेर नै अस्ट्रेलियाको बसाइलाई बिट मार्दै स्वदेशमै केही गरू भनेर विभिन्न व्यक्तिहरूसँगको सहकार्यमा यो कम्पनी सञ्चालन गरेको हुँ ।’ उनले भने ।

उद्योग सुरु गर्नु अगाडी यो समूहले उत्पादन, गुणस्तरीयता, बजार व्यवस्थापनमा समेत अनुसन्धान गरेको छ । विश्वका धेरै विकसित देशहरू अगाडी बढ्नुमा सहकार्य र उद्यमशिलता नै देखिएकोले नेपालमा पनि त्यस किसिमको अवधारणा ल्याएर कलकल ग्रुपको सुरुवात गरिएको हो ।

जीवन विज्ञान केन्द्रका गुरुहरू एलपी भानु शर्मा र रमेश नेपालको प्रेरणा र प्रोत्साहनमा जीवन विज्ञान केन्द्र भक्तपुरको टिमसँगको समन्वयमा यो उद्योग स्थापना गरिएको हो ।

७० जनाको समूहमा स्थापित यो उद्योगले १ महिना यता विभिन्न प्राकृतिक जडीबुटीको सम्मिश्रणबाट हर्वल साबुन बजारमा ल्याइसकेको छ । शुद्ध प्राकृतिक जडीबुटीबाट उत्पादित यो साबुनले छालालाई मुलायम बनाउँछ । छालामा प्राकृतिक चमक ल्याउँछ भने, यसले कुनै साइड इफेक्ट समेत गर्दैन ।

विदेशी केमिकल मिसाइएको साबुन प्रयोग गर्दा छाला र अनुहारका विभिन्न समस्या देखापर्छ, छालालाई खस्रो र फुस्रो बनाउँछ । अनुहारमा भएका चायाँ तथा दाग हटाउन समेत सहयोग गर्छ । ‘सस्तो त होला तर, दीर्घकालीन रूपमा यस्ता साबुनले छाला सम्बन्धी विभिन्न असर देखा पर्छ तर, कलकल साबुन प्रयोग गर्दा ९९ प्रतिशत साइड इफेक्ट छैन ।’ प्रमुख कार्यकारी अधिकृत भन्छन् ।

अहिले उत्पादन गरिएको साबुन सर्वगुण सम्पन्न साबुन हो । यसमा निम, बदाम, मह, जैतून, पुदिना, बेसार, अरण्डी, केशर, चन्दन, तुलसी जस्ता प्राकृतिक जडीबुटीको सम्मिश्रण छ । ‘नेपालमा हर्वल प्रोडक्टहरु शत प्रतिशत गुणस्तर छ भनेर ग्यारेन्टी गर्न सक्ने प्रविधि र संयन्त्र छैन तर, हामीले उत्पादन गरेको साबुन शत प्रतिशत गुणस्तरयुक्त छ ।’ पराजुलीको दाबी छ ।

नेपालमा आफैँ फ्याक्ट्री खोलेर उत्पादन गर्ने उद्योगहरू न्यून रहेको अवस्थामा कलकल हर्वल ग्रुपले फ्याक्ट्री नै सञ्चालन गर्ने हिम्मत गरेको छ । अधिकांश हर्वल उद्योगहरूले भारतीय र चाइनामा प्रोडक्ट उत्पादन गरी नेपालमा बिक्री गर्ने गरेका छन् । धेरैले हर्वल प्रोडक्टको प्याकेटमा लेखिएको मेटरियल्सहरु प्रयोग गरेको पाइन्न । शत प्रतिशत Animal Fat Free  भनेर दाबी गरे पनि हुँदैन तर, कलकल साबुनमा Animal Fat प्रयोग गरिएको छैन । यसको विशेषता भनेकै Animal Fat रहित हुनु हो ।

यो साबुन हाल उपत्यकाका विभिन्न स्थान र सपिङ मलहरूमा मात्र उपलब्ध भए पनि चाँडै नेपालभरि पुर्‍याउने कम्पनीको दाबी छ । जीवन विज्ञान केन्द्रका राजधानीका विभिन्न शाखाहरूमा समेत यो साबुन उपलब्ध छ ।

हाल १ करोडको लगानीमा सुरु गरिएको यो उद्योगले निकट भविष्यमै अन्य प्रोडक्टहरु जस्तैः सेम्पो, बडी लोसन, हेयर ओयल जस्ता १० ओटा उत्पादन गर्ने लक्ष लिएको छ । बजारमा उपलब्ध हर्वल साबुनको खुद्रा मुख्य रु एक सय कायम गरिएको छ ।

यो साबुन प्रयोग गरेपछि यसले छालालाई मुलायम त बनाउँछ नै, साइड इफेक्ट छैन । सबैभन्दा महत्त्वपूर्ण कुरा स्वदेशी उत्पादन प्रयोग गर्नु भनेको राष्ट्रलाई समुन्नत बनाउनु हो । विदेशी सामान प्रयोग गर्दा हाम्रो पैसा विदेश जान्छ । नेपालको सामान प्रयोग गर्दा नेपालीकै हातमा जान्छ । यस कारण यो उद्योग सबैका लागि नमुना हो ।

युवाहरूलाई आत्मनिर्भर र स्वावलम्बी बनाउने हो भने, उनीहरूलाई उद्यमशिलतातर्फ प्रेरित गर्नुपर्छ । १ वर्षको योजनाबाट स्थापित यस उद्योगले युवाहरूलाई स्वावलम्बी र उद्यामशिल हुन प्रेरित गरेको मात्र छैन, दक्ष जनशक्तिलाई स्वदेशमै लगानी गरी राष्ट्र निर्माणमा लाग्नुपर्ने प्रेरणा समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *