सर्लाही: हिजो स्थगित भएको फाइनल खेल आज हुने

सर्लाही, चैत १८ । सर्लाहीको बागमतीमा जारी दोस्रो संस्करणको राजर्षि जनक कप फूटबलको फाइनल खेल आज पुनः खेलाईने भएको छ ।

हिजो आयोजित फाइनल खेलमा खेलाडीबीच मैदानमै कुटाकुट भएपपछि खेल स्थगित गरिएको थियो । प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी र सुदुरपश्चिम ११ मैदानमा उत्रिदैँ छन् । आज दिउँसो ३ बजेपछि खेल पुनः सूचारु गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार खेल सकिन २१ मिनेट बाँकी रहँदा हिजो खेलाडीबीच विवाद भएको थियो ।

अब आज बाँकी रहेको २१ मिनेट मात्रै खेल खेलाइने आयोजकले जनाएको छ । खेलमा सुदरपश्चिम ११ ले त्रिभुवन आर्मीलाई एकका विरुद्ध दुई गोल गरेको छ । यही गोललाई मान्यता दिएर आजको खेल अघि बढाइने उहाँले बताउनुभयो ।

हिजोको जस्तो खेल मैदानमा तनाब हुन नदिन सुरक्षाकर्मीको उपस्थिती बढाइदिन स्थानीय प्रशासनसँग आग्रह गरिएको आयोजक क्लबका अध्यक्ष मैनालीले बताउनुभयो । चैत ८ गतेदेखि जारी प्रतियोगितामा स्थानीय, राष्ट्रिय र विदेशीगरी १० टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताको बिजेताले ५ लाख र उपबिजेताले ३ लाख पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *