आज आईतबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, चैत १८ ।  मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा समय दिन नसक्दा नतिजा अरुकै पोल्टोमा पर्नेछ । वादबिवाद तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरु हावि हुँनाले हरेक कामहरु प्रभावित हुँनेछन् । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुँनाले आजको दिन यस्ता क्रियाकलापमा सामेल नहुँनुहोला । पुराना रोग तथा ऋणहरु पुनह बल्झने हुँदा मानशिक तनाब बढ्नेछ । साझपख भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ ।

शुभ अंक —१

शुभ रंग — कफि

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) आकश्मिक धन तथा सम्पति लाभ हुँने योग रहेकोछ भने शेयर बजार तथा सट्टको व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानिबाट मनग्गे धन लाभ हुँनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुहरुको प्रयोग गर्न पाईने हुँनाले मन प्रशन्न हुँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा मायामा सामिप्यता बढेर जानेछ ।

शुभ अंक — ६

शुभ रंग —  सेतो

 

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको खासै समर्थन प्राप्त हुनेछैन ।

शुभ अंक — ३

शुभ रंग — पर्पल

 

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुँनेछ । छोटो यात्रा हुँने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।

शुभ अंक — ५

शुभ रंग — खरानि

 

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

शुभ अंक — ६

शुभ रंग —  रातो

 

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) राजनिति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजनसँग सँगै रहेर दिन कटाउँन पाउँदा मन प्रशन्न रहनेछ । आत्मबिश्वासमा बृद्धि हुँने हुँनाले काम गर्न आट आउनेछ । समयमा काम गर्न सकिने हुँदा मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बढुवा हुँनेछ । सुन्दर तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउँन सकिनेछ ।

शुभ अंक — ७

शुभ रंग  — हरियो

 

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) बैदेशिक ब्यापार तथा बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा तथा आम्दानि हुँनेछ । लामो दुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मेहनेत गर्नु पर्नेछ । स्वास्थ्यमा केहि खराबि हुँन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा मनमुटाव हुँने योग रहेकोछ । साझपख समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फन प्रशस्त आम्दानि गर्न सकिनेछ  ।

शुभ अंक — ३

शुभ रंग — निलो

 

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ ।  भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । साझपख लामो दुरिको यात्राको तय हुनेछ ।

शुभ अंक — ९

शुभ रंग  — रातो

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यावसायमा लगानि नगर्नुहोला आज गरिने व्यावसायमाबाट घाटा लाग्न सक्छ । ध्यान अन्यत्रै मोडिदा पढाई लेखाईमा अरु भन्दा पछि परिनेछ । सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण कामहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुँनेछ भने काम गर्दा ध्यान दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् ।

शुभ  अंक — ३

शुभ रंग —  निलो

 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा अध्ययन यात्रा गर्न सकिनेछ भने यात्राका क्रममा महत्वपुर्ण व्याक्तिहरुसँग भेटघाट हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने तपाईको काममा आफन्त तथा शुभचिन्तकहरुको सहयोग रहनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ जीवन साथिको सहयोगले राम्रा कामहरु सम्पादन हुँनेछ । प्रतिष्ठित काम गरि समाजमा नाम कमाउँन सकिनेछ ।

शुभ अंक —३

शुभ रंग — सेतो

 

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ ।

शुभ अंक — ४

शुभ रंग — हरियो

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) बिना कारण अन्य क्षेत्रमा व्यस्त हुँदा व्यापारमा व्यावसायमा घाटा हुँनेछ  । सवारि साधन तथा अन्य बस्तुहरुको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । प्रेमम एक अर्कालाई अबिश्वास गर्दा मनमुटाव बढ्नेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिने अधिक सम्भावना रहेकोछ । व्यावसायिक यात्रा भएपनि गन्तब्य पहिल्याउँन हम्मे हम्मे पर्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य खराब हुँन सक्छ ।

शुभ अंक — ४

शुभ रंग — पहेलो”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *