महिला घेदुङद्धारा विन्दु सम्मानित

चैत्र १६, धरान । मिसेज एशिया प्यासिफिक व्युटी पिजेन्ट–२०१८ की मिसेज वेलनेसको उपाधी विजेता धरानकी विन्दु लामा सम्मानित भएकी छिन् ।

मिसेज हिमालयन नेपाल–२०१८ को फस्ट रनरअप समेत भएकी लामालाई नेपाल तामाङ महिला घेदुङ सुनसरीले एक कार्यक्रमका वीच सम्मान गरेको हो ।

मार्च २० देखि २४ सम्म सिंगापुर र मलेशियामा सम्पन्न भएको प्रथम मिसेज एशिया प्यासिफिक व्युटी पिजेन्ट–२०१८ मा उपाधी जितेर नेपाल राष्ट्र र तामाङ जातिलाई विश्वमा चिनाउन पाउँदा आफुलाई गर्व महशुष भएको लामाले बताइन ।

नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रीय सल्लाहकार एवम् प्रमुख अतिथि सुजेन्द्र गोले, केन्द्रीय सदस्य मैतबहादुर गोले, नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामा, नेपाल तामाङ महिला घेदुङ धरानका अध्यक्ष नन्दु पाख्रिन, सचिव मधु गोले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *