प्रिती बुद्धाचार्यले पहिरिईन मिस नेवाको ताज

पोखरा, चैत १७ । नेवा खल कास्कीले आयोजना गरेको मिस नेवा पोखराको ताज प्रिती बुद्धाचार्यले पहिरिएकी छन् । २० प्रतिश्पर्धीलाई पछि पार्दै उनले ४० हजार सहितको विभिन्न गिफ्ट ह्याम्पर हात पारेकी हुन् ।

शुक्रबार भएको ग्रान्ड फिनालेमा प्रितीले बेस्ट ट्यालेन्ट र बेस्ट नेवारी भाषाको समेत टाइटल हात पारेकी हुन् । मिस नेवाको ताज विजेता प्रितीले नेवारी भाषा, संस्कृति र मौलिकता जगाउन आफु अग्रसर हुने प्रतिवद्धता ब्याक्त गरिन् । ताज जितेको खुसी साट्दै उनले त्यसको श्रेय आफ्ना बुवा आमा र अग्रजहरुलाई दिइन् ।

फस्ट रनरअप प्रियंका श्रेष्ठ र सेकेन्ड रनरअप जेनिफर श्रेष्ठ बने । प्रियङ्काले २५ हजार र जेनिफरले १५ हजार सहित बिभिन्न उपहारहरु प्राप्त गरेका छन् । प्रतियोगितामा बेस्ट पर्सनालिटी रोजिना ताम्राकार, बेस्ट फ्रेन्डली सन्ध्या श्रेष्ठ, बेस्ट फोटो जेनिक सृष्टि श्रेष्ठ र सचिता ताम्राकारले जिते । उनीहरुलाई जनही ५ हजारका साथमा विभिन्न उपहार प्रदान गरिएको थियो।

कार्यक्रममा प्रदेश सांसद कृष्ण थापाले नेपाली सुन्दर र सुन्दरीहरु बस्ने देश भएको बताए । अब नेपाल समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै उनले थपे, ‘समृद्धिको यात्रामा मिस नेवाका प्रतिश्पर्धीले समेत योगदान गर्ने छन् भन्ने हाम्रो अपेक्षा छ ।’

नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले प्रतियोगितामा विजेता १ मात्र बन्ने भए पनि व्यक्तित्व विकास र यसबाट फाइदा सबैले लिन सक्ने बताए । उनले नेवारी युवतीहरुमा संस्कार, भाषा र आत्मविश्वास बढाउन प्रतियोगिता सहायक सिद्ध भएको उनको भनाइ छ । ‘यो सुन्दरी प्रतियोगिता होइन, हाम्रा नानीहरुलाई सक्षम बनाउने मञ्च हो’ उनले भने।

मिस नेवाका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले मिस नेवाबाट नेवारी महिला सशक्तीकरणमा सहयोग पुग्ने अपेक्षा राखेको बताए। प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबैलाई उनले धन्यवाद दिएका थिए । प्रतियोगिताका निर्णायकहरुमा डाक्टर इन्द्र महर्जन, ध्रुव श्रेष्ठ, पोमनारायण श्रेष्ठ, रात्नकाजी महर्जन, रञ्जिता कर्माचार्य, कल्याणी श्रेष्ठ र सम्शेरबहादुर नुछे प्रधान थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *