रत्ननगरमा १६ हजारले गरे स्वास्थ्य बिमा

रत्ननगर(चितवन), चैत १७ । सरकारले सुरू गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत रत्ननगर नगरपालिकाका १६ हजार नगरवासीले स्वास्थ्य बिमा गरेका छन् ।

चितवनमा गत असार महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको थियो । रत्ननगरमा कुल जनसंख्याको १८ प्रतिशतले मात्र स्वास्थ्य बिमा गरेको पाइएको छ । रत्ननगरमा ९० हजार जनसंख्या रहेको छ । स्वास्थ्य बिमा सुरु भएको १० महिनामा रत्ननगरमा १६ हजार २४६ जनाले स्वास्थ्य बिमा गरेको स्वास्थ्य बिमा कार्यक्रमकी दर्ता अधिकारी सृजना कार्कीले जानकारी दिइन् ।

रत्ननगरमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन सोमबार स्थानीय तह स्वास्थ्य बिमा संयोजन समिति गठन गरिएको छ । स्वास्थ्य बिमा बोर्ड चितवनले आयोजना गरेको कार्यक्रममा मेयर नारायण वन संयोजक रहेको समिति गठन गरिएको हो ।

समितिको सदस्यमा उपमेयर विमला दुवाडी, प्रशासकीय अधिकृत नवराज ढुंगाना, स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद घिमिरे, शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद बराल, नागरिक समाज प्रतिनिधि गोपाल कर्माचार्य, रत्नगर नगरपालिकाका प्रमुख डा अजय न्यौपाने र सदस्य सचिवमा दर्ता अधिकारी सृजना कार्की रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *