विश्वकप: अब साढे दुई महिना बाँकि, मेसीलाई खेल जित्नैपर्ने दवाव

काठमाडौं, चैत १७ । विश्वकप फुटबल आउन अब साढे दुई महिना बाँकि रहदा ठुलो टिम र ठुला खेलाडीको प्रदर्शन बारे अनेकन चर्चा हुन् थालेका छन् । यसै बीच विश्वकै उत्कृष्ट खेलाडी मेसीले अर्जेन्टिनाका पछिल्ला दुई मैत्रीपूर्ण खेल नखेल्दा अनेकन विश्लेष्ण भैरहेका छन् ।

मसल्समा सामान्य इन्जुरीलाई लिएर टिम व्यवस्थापनको ‘रिस्क’ नलिने निर्णयलाई अनेक कोणबाट विश्लेषण गरिएको छ । कसैले मेसीको ठाउमा रोनाल्डो भए ‘रिस्क’ लियर खेल्ने थिए भने भने कसैले मेसीले बार्सिलोनाका लागि ‘रिस्क’ लिएनन् भनेर आलोचना गरे । विश्वकपको प्रबल दाबेदार मानिएको अर्जेन्टिनाले दुई खेलमा एक खेलमा इटालीलाई जित्यो भने दोस्रो खेलमा स्पेनसँग लज्जास्पद हार बेहोर्यो ।

जे भए पनि मेसीको उपस्थिति भएको भए स्पेनसँग यति ठुलो हार हने थिएन भन्नेमा सबै एक मत छन् । अब विश्वकप आउन साढे दुई महिना बाँकी रहदा मेसीको बार्सिलोनामा कस्तो सेड्युल छ त ? रसियामा विश्वकपको पहिलो खेल आइसल्याण्डसँग जुन १६ मा खेल्नु अघि मेसीले बार्सिलोनाका लागि कति खेल खेनु पर्छ एक पटक हेरौ ।

ला लिगा मे २० मा अन्तिम खेल खेलेर सकिनेछ । ला लिगामा अहिले २९ खेल भएको छ । अब ९ खेल अझै बाँकि छन् । बार्सिलोनाले शनिबार राति बलियो प्रतिद्वन्दी सेभिलासँग खेल्दै छ । मिडिया रिपोर्ट अनुसार मेसीले यो खेल खेल्ने सम्भावना बढी छ तर उनको इन्जुरीलाई ध्यान दिदै मेसी सब्सिच्युटको रुपमा आउने सम्भावनालाई पनि मिडिया रिपोर्टहरुमा उल्लेख गरिएको छ ।

ला लिगामा ११ अंकले अगाडी रहेको बार्सिलोनाले यस क्रममा रियल म्याड्रिड, भ्यालेन्सिया, भिल्ला रियल जस्ता बलिया प्रतिद्वन्दीको सामना गर्ने छ । जुन खेलहरुमा मेसीको भुमिका महत्वपूर्ण हुने छ । आगामी मे २० मा रियल सोसीडाडसँग अन्तिम खेल खेलेर यस सिजनको ला लिगाको अन्त्य गर्ने छ ।

यस बिचमा बार्सिलोनाले सेभिलासँग कोपा डेल रेको फाइनल खेल्ने छ । लगातार पाचौ पटक कोपाको फाइनलमा पुगेको बार्सिलोना अप्रिल २२ मा सो फाइनल खेल्ने छ । बार्सिलोनाले लगातर तीन बर्षदेखि कोपा डेल रे को उपाधि जितेको छ ।

त्यस्तै बार्सिलोनाले यस बिचमा च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एस रोमासँग दुई लिग खेल्ने छ । पहिलो लिग अप्रिल ५ मा खेल्ने छ भने दोस्रो लिग अप्रिल ११ मा खेल्ने छ ।

यसरी विश्वकप खेल्नु अघि मेसी ला लिगाका ९ खेल, कोपा डेल रे मा एक खेल च्याम्पियन्स लिगमा २ खेल खेल्ने छन् । त्यस्तै च्याम्पियन्स लिगको सेमिफाइनल र फाइनलमा पुगेमा थप २ खेल मे २६ मा युक्रेनमा खेल्ने छन् ।

यसरी हेर्दा मेसीले विश्वकप खेल्नु अघि ला लिगा, कोपा डेल रे र च्याम्पियन्स लिगमा निकै महत्वपूर्ण खेल र निर्णायक खेलहरु खेल्नु पर्ने देखिन्छ । स्पेनसँग हारेपछिको बढेको विश्वकपको दबाबका बीच मेसीले बार्सिलोनाका लागि सिजनको अन्त्य कसरी गर्छन त्यो त समयले नै बताउने छ तर उनि इन्जुरीबाट निस्केर मैदानमा आउदा भने अर्जेन्टिनाका फ्यानले मेसी फेरी इन्जुरीको सामना नगरुन भन्ने कामना गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *