पुरानो मेडिकल कलेजले ल्यायो ईएनटी अप्रेसनमा नयाँ प्रविधि

चैत्र १६, भरतपुर । पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) भरतपुरले नाक कान र घाँटीको अप्रेसनको लागि नयाँ प्रविधि ल्याएको छ । भारतका ख्यातिप्राप्त डाक्टर एम मुवारक खानले ५ वर्षअघि बनाएको उक्त प्रविधि नेपालमै पहिलो पटक पुरानो मेडिकल कलेजले भित्र्याएको दावी गरिएको छ ।

पुरानो मेडिकल कलेजले सो प्रविधिबारेमा दुई दिने कार्यशाला पनि गरेको थियो । अत्याधुनिक मेशिनबाट नयाँ प्रविधिबाट भइरहेको नाक कानको अप्रेसन प्रत्यक्ष अवलोकनसहितको कार्यशाला राखिएको थियो । कार्यशालामा देशभरका नाक कान घाँटीमा २५ भन्दा बढी डाक्टरहरु सहभागी थिए ।

अत्याधुनिक मेशिनबाट भएको नाक कानको अप्रेसन सेवाग्राही तथा पत्रकारहरुलाई प्रत्यक्ष देखाइएको थियो । प्रविधिका सर्जक एम मुवारक खानबाट भएको अप्रेसनको कार्यशालामा प्रत्यक्ष अवलोकन गर्न सकिन्थ्यो । कार्यशालामा उपस्थित डाक्टरहरुले नयाँ प्रविधिबाट प्रत्यक्ष अप्रेसन गरेको हेरेर डाक्टरलाई प्रश्न सोधेका थिए ।

‘नाक कान र घाँटीको अप्रेसनको यो नयाँ प्रविधि देशभरमै पुरानो मेडिकल कलेजले भित्र्याएको छ’ पुरानो मेडिकल कलेजका नाक कान घाँटी (ईएनटी) का प्रमुख डाक्टर जयप्रकाश मैयाँले भने, ‘यस नयाँ प्रविधिबाट दुबै हात स्वतन्त्र भएर इन्डोस्कोपमार्फत नाक कानको अप्रेसन गर्न सकिन्छ ।’ पहिलेपहिले माइक्रोसकोपबाट नाक कानको अप्रेसन हुने गरेको र अब पुरानो मेडिकल कलेजमा मात्र नयाँ प्रविधि इन्डोसकोपमार्फत नाक कानको अप्रेसन हुने डाक्टर जयप्रकाशले बताए ।

‘यो नयाँ प्रविधिबाट कानको जालीमा प्वाल पारेमा कुरकुरे हड्डीलाई काटेर सजिलै तरिकाले दुवै हात स्वतन्त्र राखेर जालीको प्वालमा लगेर राखिन्छ । यो सिस्टमलाई काट्लेसलाइजर सिस्टम भनिन्छ’ डाक्टर अपार पोख्रेलले भने, ‘यो यस्तो प्रविधि हो, जसमा दुबै हातलाई स्वतन्त्र छोडेर सबै काम मेशिनबाटै गरिन्छ ।’ कानको जालीमा प्वाल परेर नसुन्ने भएमा यो प्रविधिबाट कुरकुरे हड्डी काटेर सजिलैसँग प्वालमा राख्न सकिने उनको भनाइ थियो ।

कार्यशालामा उपस्थित डाक्टरहरुले राखेका जिज्ञासा प्रविधिका सर्जक डाक्टर मुवारक खानले जवाफ दिएका थिए । उक्त नयाँ प्रविधिबाट बिहीबारदेखि नै बिरामीको अप्रेसन सुरु गरिएको अस्पतालका मार्केटिक प्रमुख तथा जनसम्पर्क अधिकृत दुर्गाप्रसाद न्यौपानेले जानकारी दिए । नाक, कान र घाँटीको अप्रेसनमा नेपालमै पहिलो पटक यस्तो प्रविधि पुरानो मेडिकल कलेजले मात्र भित्र्याउन सफल भएको उनको दावी थियो ।

पुरानो मेडिकल कलेजले पछिल्लो समय उपचारमा नयाँनयाँ प्रविधि भित्र्याइरहेको छ । उक्त नयाँ प्रविधिबाट डा मुवारक खानको नेतृत्वमा कलेजका ईएनटी विभाग प्रमुख डा जयप्रकाश मैयाँ, डा. शुप्रभात श्रेष्ठ, डा. विकास पाण्डे, डा. अपार पोखरेल र डा. छायाँ भण्डारीले गरेको अप्रेसन कार्यशालामा प्रत्यक्ष देखाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *