“आर्मी बीले जिते “”हाइ अल्टिच्यूट ट्राइ एडभेन्चर”” को उपाधि”

काठमाडौँ, चैत १६ । नेपाली सेनाद्वारा प्रथम पटक आयोजित राष्ट्रिय ‘प्रधान सेनापति हाइ अल्टिच्यूट ट्राइ एडभेन्चर’ प्रतियोगिताको उपाधि आर्मी क्लब बीले जितेको छ ।

मुस्ताङको जोमसोमस्थित श्री सैनिक उच्च शिखर शिक्षालयमा आज सम्पन्न प्रतियोगिताअन्तर्गत क्लाइम्बिङ १०० मिटर, रनिङ ४.७५ किमि र साइक्लिङ १५.५० किमि गरी २०.३५ किमिको निर्धारित दुरी त्रिभुवन आर्मी क्लबको टिम ‘बी’ले एक घण्टा १९ मिनेट ४४ सेकेण्डमा पुरा गरी प्रथम भएको छ ।

त्यसैगरी त्रिभुवन आर्मी क्लबको टिम ‘ए’ ले एक घण्टा २० मिनेट ५० सेकेण्डमा पुरा गरी द्वितीय र सशस्त्र प्रहरी बलको टिम ‘ए’ ले एक घण्टा २१ मिनेट ११ सेकेण्डमा पुरा गरी तृतीय भएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई प्रधान सेनापति राजेन्द्र क्षत्रीले क्रमशः रु ५० हजार, रु ३० हजार र २० हजार पदक तथा प्रमाणपत्र प्रदान गरे ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको तीन, सशस्त्र प्रहरी बलको दुई र राष्ट्रियस्तरका १० गरी १५ टोलीको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *