बाँके: गोली प्रहारबाट श्रीमानद्धारा श्रीमतीको हत्या

बाँके, चैत १६ । श्रीमानले गोलि प्रहार गरेर श्रीमतीको हत्या गरेका छन् । बाँकेकाे डुडुवा गाउँपालिका ३ का सञ्जय कुमार बर्माले २८ बर्षिया श्रीमती शान्तिदेवी बर्माको गोली प्रहार गरेर बिहिबार राती हत्या गरेका हुन् ।

बाँके प्रहरी प्रमुख एसपी टेक बहादुर तामाङले बाह्र बोरको बन्दुकबाट सञ्जयले गोली प्रहार गरेर श्रीमतीको हत्या गरेको बताए । उनका अनुसार शान्तिदेवीको शरिरको २ स्थानमा गोली लागेको छ भने घटनास्थलबाट समेत २ वटा गोलीका खोका समेत फेला परेको छ ।

बाह्र बोरको बन्दुक लाइसेन्सप्राप्त रहेको प्रहरीले जनाएको छ । गोली प्रहार गर्ने सञ्जयलाई राती नै नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *