नबिल फाउण्डेसनद्वारा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुलाई सहयोग

काठमाडौं, चैत १५ । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले दृष्टि बिहिन सहयोग केन्द्र नेपालको सहकार्यमा ४ विद्यालयका दृष्टिविहीन विद्यार्थीहरुको शैक्षिक विकासका लागी ८ थान नयाँ कम्प्युटरहरु हस्तान्तरण गरेको छ ।

कम्प्युटरहरुमा दृष्टिविहीन छात्रछात्राहरुलाई अध्ययन गर्न सहजताको लागी JAWS नामक सफ्टवेयर स्थापना गरी हस्तान्तरण गरिएको छ । ती कम्प्युटरहरु शिवालय माध्यमिक विद्यालय –  कुश्मा, पर्बत, बन्देवी माध्यमिक विद्यालय – चौतारा सिन्धुपलान्चोक, अमर ज्योति माध्यमिक विद्यालय – पालुङटार, गोर्खा तथा जन विकास माध्यविक विद्यालयका – बेशिसहर, लम्जुङमा बाँडिएका थिए ।

कुश्मा, पर्बत स्थित शिवालय माध्यविक विद्यालयको कार्यक्रम मूख्य अतिथी प्रतिनिधि सभा सदस्य पदम गिरीको उपस्थीतीमा सम्पन्न भएको थियो । नबिल बैंकका बाग्लुङ  शाखाका शाखा प्रमुख लुजा राज भण्डारीले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष  श्वर गिरीलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । यसै गरी बन्देवी माध्यमिक विद्यालय – चौतारा सिन्धुपाल्चोकमा नबिल बैंकका धुलिखेल शाखाका शाखा प्रमुख धर्मराज बंजाराले कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा चौतारा सांघाचोकगढी गाउँपालिकाका उप मेयर जानुका पराजुली तथा जिल्ला शिक्षा विभागका कार्यवाहक प्रमुख देवराज पौडेलको उपस्थिती रहको थियो ।

यसका साथै पालुङटार, गोर्खा स्थित अमर ज्योति माध्यमिक विद्यालयमा बैकका गोर्खा शाखाका संचालन इन्चार्ज विश्वाश श्रेष्ठले विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष, प्रकाश न्यौपानेलाई कम्प्युटरहरु हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा गोर्खा महिला अपाङ्ग संघका अध्यक्ष, श्रीमती गीता माया श्रेष्ठको समेत उपस्थिती रहेको थियो । लम्जुङ स्थित जन विकास माध्यमिक विद्यालयमा नबिल बैंकका बेसिसहर शाखाका संचालन इन्चार्ज नारायण आचार्यले सो कम्प्युटरहरु लम्जुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी, श्री युबराज मैनाली लाई कम्प्युटरहरु हस्तान्तरण गरे । सो कार्यक्रममा जिल्ला शिक्षा प्रमुख गोपाल प्रशाद कडेलको समेत उपस्थीती रहेको थियो ।

नबिल फाउण्डेसनले विद्यालय तथा छात्रछात्राका शैक्षिक विकासमा योगदान पु चारवटै विद्यालय परिवारले फाउण्डेसन परिवारलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *