युवतीलाई मासिक ५० हजार तलब दिएर यौनधन्दा सञ्चालन

काठमाडौं, चैत १५ । काठमाडौंमा कलेज पढ्ने युवतीहरुलाई मासिक पचास हजारसम्म तलब दिएर यौन धन्दा सञ्चालन हुने गरेको खुलासा भएको छ ।

काठमाडौं मित्रनगरमा फ्लाटमा बस्दै आएका पोखराका राजु थापा र उनकी श्रीमती पम्फा लामिछानेलाई यौन धन्दा सञ्चालन गरेको आरोपमा पक्राउ परेपछि यस्तो रहस्य खुलेको हो । प्रहरीले सो जोडी विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सो जोडीले कलेज पढ्ने युवतीहरुलाई मासिक ५० हजारसम्म तलवनै दिएर यौनधन्दाका लागि राखेको थियो ।

महानगरिय प्रहरी वृत महाराजगंजका अनुसार अदालतमा ५ दिनको म्याद थपेर घटनाको थप अनुसन्धान भइरहेको छ । उनीहरुले बसपार्क क्षेत्रमा साकिरा डान्स बारसमेत खोलेको प्रहरीले जनाएको छ ।

विदेशबाट आएका नेपाली र विदेशी बसेको कोठासम्म आफै ट्याक्सीमा लगेर पु¥याइदिने काम समेत यो समुुहले गर्दै आएको थियो । कतिपय अवस्थामा युवती यौन सम्पर्कका लागि राजी नभए कुटपिट गर्ने, खान नदिने, वाहिर पनि निस्कन नदिने र थुनेर राख्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *