बन्दीगृहमा आगलागी हुँदा ६८ को मृत्यु

काठमाडौं, चैत १५ । दक्षिणअमेरिकी देश भेनेजुयलाको काराबोबो प्रदेशस्थित भ्यालेन्सिया शहरमा रहेको प्रहरी कार्यालयमा रहेको बन्दीगृहमा भएको झडप तथा आगलागीमा परी ६८ जनाको ज्यान गएको छ ।

स्थानीय सयम अनुसार बुधबार जेल तोडेर भाग्नका लाग त्यहाँ राखिएका कैदीहरुले सुत्ने ओछ्यानमा आगो लगाएसँगै त्यहाँ झडप तथा भागदौडको स्थिति सुरु भएको बताइएको छ ।

कैदीहरु राखिएको स्थानमा आगलागी भएको खबर फैलना साथ त्यहाँ सयौंको संख्यामा कैदीका आफन्तहरु पुगेका थिए । त्यसपछि त्यहाँको स्थितस झन् असामान्य बनेको थियो ।

भेनेजुयलाका महान्यायधिवक्ताले घटनाको निश्पक्ष छानबिन गरिने बताएका छन् ।

भेनेजुयलाका कारागारमा यसअघि पनि कैदीहरु तथा प्रहरीबीच झडपको घटना हुने गरेको थियो ।

 

बीबीसी”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *