फ्रान्सेली खेलाडीमाथि रंगभेद भएको आरोपको अनुसन्धान जारी

काठमाडौं, चैत १५ । विश्व फुटबल महासंघ फिफाले यसै साता रुसविरुद्ध उसकै मैदानमा भएको खेलका क्रममा फ्रान्सेली खेलाडीमाथि रंगभेद भएको आरोपको अनुसन्धान भइरहेको जनाएको छ ।

दुई महिनापछि रुसले विश्वकप आयोजना गर्दैछ । त्यस अघिको मैत्रीपूर्ण खेलमा फ्रान्सले रुसलाई ३–० गोलले हराएको थियो । विश्व फुटबलको नियमनकारी निकाय फिफाले भनेको छ ।, ‘छुट्टाछुट्टै रिपोर्ट र तथ्यहरु संकलन भइरहेका छन् ।’ म्यान्चेटस्र युनाइटेडका पाउल पोग्बा र बार्सिलोनाका ओस्मान डेम्बेले रंगभेदको शिकार भएको बताइएको छ ।

रुस र फ्रान्सबीचको खेल सेन्ट पिटर्सबर्गमा रहेको क्रेस्तोभ्स्की रंगशालामा खेलाइएको थियो । यही मैदानमा विश्वकपका खेलहरु पनि हुनेछन् ।फ्रान्सेली खेलकुदमन्त्री लाउरा फ्लेसेलले भनेका छन्, ‘रङ्ग भेदलाई फुटबलको मैदानमा कुनै ठाउँ दिनु हुँदैन, यस्ता गैरकानुनी हर्कतको अन्त्य गर्नका लागि  युरोपेली युनियन वा अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्छ ।’

यो समचार पहिलो पटक एएफपीका फोटोग्राफरले सार्वजनिक गरेका थिए । फ्रेन्च खेलाडीले कर्नर हान्न लाग्दा रुसी समर्थकले उनीविरुद्ध जातीवादी नारा लगाएको सुनिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *