मेयर दाहालले अल्पदृष्टियुक्त मधुमायालाई भनिन् ‘राम्रोसँग परीक्षा दिनुहोला’

भरतपुर, चैत १४ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल बुधबार बिहान उपप्रमुख पार्वती शाह ठकुरीसहित एसईई परीक्षा निरीक्षणमा निस्किईन् ।

सबैभन्दा पहिले भरतपुर महानगरपालिका १० स्थित चितवन माध्यमिक विद्यालय भरतपुर केन्द्रमा पुगेकी दाहालले त्यहाँ लेखन सहयोगीको साथमा रहेर परीक्षा दिँदै गरेकी मधुमाया पौडेललाई भेटिन् । परीक्षामा सोधिएका प्रश्नको उत्तर लेख्न सहयोगी दिवस लामिछानेलाई बताउँदै गरेकी मधुमायालाई महानगर प्रमुख दाहालले भनिन् राम्रोसँग परीक्षा दिनुहोला ।’

नारायणी नमूना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सहभागी मधुमाया पौडेलले राम्रोसँग देख्न सक्दिनन् । अल्पदृष्टियुक्त मधुमायालाई उत्तर लेख्न सहयोगी बसेका छन्, नारायणी नमूना माध्यमिक विद्यालयकै छात्र दिवस । मधुमाया पौडेलको एसईई सिम्बोल नम्बर ०३४६१२२‘जे’ रहेको छ ।

चितवन माविमा अन्य परीक्षार्थीहरुले परीक्षा दिएको निरीक्षण गरेपछि महानगर प्रमुख दाहालले परीक्षा केन्द्राध्यक्ष र जिल्ला शिक्षा कार्यालयका पदाधिकारीसँग छलफल समेत गरेकी थिईन् । उक्त अवसरमा उनले परीक्षा मर्यादितरुपमा चलिरहेकोप्रति सन्तोष व्यक्त गरिन् ।

चितवन माविपछि महानगर प्रमुख दाहाल र उपप्रमुख ठकुरीले भरतपुर महानगरपालिका ८ स्थित शरदपुर माध्यमिक विद्यालयमा पुगेर त्यहाँ पनि परीक्षार्थीहरुले परीक्षा दिएको निरीक्षण गरेका थिए । सम्बन्धित वडाका वडाध्यक्ष साथमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *