जिप ब्याक गर्नेक्रममा ठक्कर दिँदा महिलाको मृत्यु

धादिङ, असार २८ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–२ सानोगाउँमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सानोगाउँकी ६० वर्षीया मंगली कुमाल छन् । बुधबार दिउँसो ना१ज ४२०० नम्बरको बोलेरो जिप ‘ब्याक’ गर्नेक्रममा ठक्कर दिँदा महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *