प्रदेश पाँचमा फेरी शुरु भयो राजधानी ‘खोसाखोस’

बुटवल, चैत १३ । प्रदेश पाँचमा फेरी राजधानी विवाद बढेको छ । हाल वुटवल अस्थायी राजधानी रहेको प्रदेश पाँचमा वुटवललाई नै राजधानी कायम राख्नुपर्ने र सार्नुपर्ने विवाद बढेको हो ।

वुटवललाई नै प्रदेश पाँचको स्थायी राजधानी बनाउनुपर्ने माग उठिरहेका बेला नेपाली कांग्रेसका नेता दिपकुमार उपाध्यायले प्रदेशको राजधानी नयाँ शहरमा बन्नुपर्ने धारणा राखेका छन् । नेपालका लागी पुर्व भारतीय राजदुत समेत रहेका उपाध्यायले ले बुटबलमा अस्थायी राजधानी राखेको कुरा स्मरण गर्दै प्रदेश सभाले निर्णय गर्दा प्रदेशको नयाँ राजधानी तोक्नुपर्ने जिकिर गरे ।

रिपोर्टस क्लव नेपाल पाच नम्बर प्रदेशले मंगलबार बुटबलमा गरेको साक्षात्कारमा नेता उपाध्यायले प्रदेश राजधानी तोक्नेबारे बाम गठवन्धन सरकारले द्धैध चरित्र अपनाएको आरोप लगाए ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि बुटवलबाट अन्यत्र राजधानी सार्नु पर्ने धारणा राख्दै आएका छन् । पाँच नम्बर प्रदेशमा कुल ८७ सांसद मध्ये एमालेका ४१ सांसद छन्।

पाँच नम्बर प्रदेशका विभिन्न जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले आ आफ्नो जिल्लामा राजधानी बनाउन दबाब दिंदै आएका छन् । नेकपा एमालेका उपमहासचिव बिष्णु पौडेलले वुटवललाई नै स्थायी राजधानी बनाउन दबाब दिंदै आएका छन् । यता, सभामुख कृष्ण बहादुर महराले दाङमा राजधानी सार्ने आश्वासन दिंदै आएका छन् ।

उता कपिलवस्तुवासीहरुले पनि कपिलबस्तु नै राजधानी बनाउनुपर्ने बताउँदै आएका छन् । कांग्रेस नेता उपाध्याय पनि कपिलबस्तु निवासी हुन् । कपिलवस्तुसँग नजिकको भारतको प्रिप्रहवामा नक्कली कपिलवस्तु निर्माण गरेर तीव्र विकास गरिरहेको बेला कपिलवस्तुलाई राजधानी बनाउनु उपयुक्त हुने माग त्यस जिल्लामा चर्कोसँग उठेको छ ।

केही समय अघि प्रदेश राजधानी माग्दै चलेका आन्दोलन यतिबेला सुस्ताएपनि नेताहरुको अभिब्यक्तिसँगै फेरी जुर्मुराउने संकेत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *