आजका बिभिन्न पत्रपत्रिकामा छापिएका सम्पादकीय यस्ता छन्

 काठमाडौं, चैत १३ । छुवाछुत विरुद्धको आवाज : नागरिक

२१ औँ शताब्दीको दोस्रो दशक अन्त्यतिर आईपुग्दा पनि अझै मान्छेले मान्छेविरुद्ध जन्म र जातका आधारमा भेदभाव गर्न छाडेका छैनन् ।

यसबीच अनेकन् राष्ट्रिय तथा अन्तार्राष्ट्रिय घोषणापत्रदेखि मुलुकको कानुसमेतले जातका आधारमा भेदभाव गर्न नपाईने व्यवस्था गरेको छ ।

मुलुकको १३.१ प्रतिशतले संख्यामा रहेको दलित समुदायले अन्य कतिथ उपल्लो जातिसरहको हैसियतमा आफुलाई उभ्याउन पाएको छैन ।
सदीयौँको भेदभावले तिनको ह्दय छियाछिया भएको छ ।

अहिले पनि दलित भएकै कारण बिहाबारी र अन्य सामाजिक सम्बन्धका क्रममा हिंसा भोगेका र मारिएका घटना सार्वजनिक भएका छन् ।

यस्ता घटनाबाट पाठ सिकेर घरघरमा मानवीय व्यवहार कसरी गर्ने भन्ने चिन्तनमनन् हुनु आवश्यक छ ।

परम्परा मोह : नयाँ पत्रिका 

हरेक समयका मान्छे परम्पराप्रति अति नै मोह राख्छन् । हुन त तिनीहरू आफूलाई सहज परेका वेला मात्र परम्पराको चर्चा गरिरहेका देखिन्छन्, किनभने तिनले व्यवहारमा चाहिँ परम्पराको अनुसरण छाडिसकेका हुन्छन् । तर, जब समाजमा सार्वजनिक स्थानमा बोल्ने वेला आउँछ अनि तिनलाई परम्पराको अघोरै माया लाग्छ ।

यस्तो परम्परा संस्कृति र भाषा या भेष र संस्कारमा मात्र होइन, खाना, पोसाक, गीत, संगीत र भोजभतेरका तरिकासम्म जीवनका जुनसुकै क्षेत्रका पनि हुन सक्छन् ।

जस्तो ढिकीमा कुटेको चामलको भात मिठो, आगोमा पकाएको खानेकुराको स्वादै मिठो, जाडोमा मोही मकैको स्वाद, पहिलेको धान राम्रो, ठेकीमा पारेको मोही, बकेर्नु भैैंसीको दूध मिठो भन्दै यताचाहिँ मेसिनमा कुटेका चामल, ग्यास चुलो या बिजुली चुलोमा पकाएको भात, डेरीको दूध र दहीमही खानेहरूको कमी छैन ।

यसैगरी पहिलेको सारीचोलो राम्रो, दौरा–सुरुवाल पो हाम्रो, धोती लाउनु पो लाउनु, चुल्ठो बाटेर कपाल कोर्नु पो कोर्नु, संस्कृत मिसाएको बोली या लेखन पो मिठो भन्नेहरूका साथमा आफूलाई सहज लाग्ने सर्ट–पाइन्ट लाउनेहरू, कपाल काटेर सहज र सजिलो बनाउनेहरू, या अंग्रेजी नमिसाई नबोल्नेहरू पनि पाइन्छन् ।

अर्थमन्त्री र सेयर बजार : कारोवार 

नेपालमा दिगो आर्थिक विकास र समृद्धिको वाचासहितगठन भएको वाम सरकारर्ला पुँजीबजारले भने सुरुदेखि नै रातो झन्डा देखाईरहेको छ ।

वाम गठबन्धनले बहुमत ल्याउदेखि अथवा त्यसअघि बहुमतको संकेत देखिएसँग आरोला लागेको नेप्से परिसुचकको यात्रा अझै रोकिएको छैन ।

अझ अर्थमन्त्रीमा नेपाल राष्ट्र बैंकका पुर्वनगभर्नर डा. युवराज खतिवडाको नियुक्तिपछि त सेयर बजारमा आमलगानीकर्ताकै मनोबल झनै खस्किएको छ ।

यसले नेपालको एकमात्र धितोपत्र बजार दुर्घटनाउन्मुख देखिन्छ ।

राज्यका सबै निकायले आफुन अभिब्यक्तिलाई बचाव मात्र गरिरहने हो भने यसको दुर्घटनालाई कसैले टार्न सक्ने देखिँदैन ।

ईयु प्रतिवेदन र परिपक्वताको खाँचो : कान्तिपुर 

अहिले मुलुकमा युरोपियन युनियन ईयु को आलोचना गर्ने प्रतिस्पर्धा चलिरहेको जस्तो देखिन्छ ।

सरकारदेखि प्रतिपक्षसम्म, सञ्चार माध्यमदेखि संसद्सम्ममा यसका तरंगहरु देखिएका छन् ।

ईयुको निर्वाचन पर्यवेक्षण मिसनले गत साता सार्वजनिक गरेको प्रतिवेदनमा केही यस्ता विवादास्पद बुँदाहरु रहेछन्, जसले यस स्तरको आलोचना उत्पन्न गराएको हो ।

यो प्रकरणबाट ईयुको अपरिपक्व र आपत्तिजक कार्यशैली त सार्वजनिक भएको छ, नै संँगै दुईटा मुद्धाहरुलाई पनि सतहमा ल्याइदिएको छ ।

पहिलो, हाम्रो आन्तरिक काम कारवाहीका विदेशीको चासो निर्देशनात्मक सुझावको स्तरमा बढाउने भुमिका कसरी कसले गर्दा सम्भव भएको हो ?

दोस्रो ईयु प्रतिवेदनका सन्दर्भमा आउन थालेका अतिवादी प्रतिक्रियाले विदेशी भुमिकाको आलोचना गर्ने नाममा मुलुकभित्रै समुदायक समुदायबीच संशय बढाउने काम त गरिरहेको छैन ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *