बिग ब्रदर एटिच्युड परिवर्तनको प्रयासमा भारत, आइजिपी बढुवामा राजनीतिक दाउपेच !

काठमाडौं, चैत १२ ।

बिग ब्रदर एटिच्युड परिवर्तको प्रयास

भाजपाका एक नेताले विगतमा नेपालप्रति बिग ब्रदर एटिच्युड बडे भाइ मानसिकता अपनाइएको, तर वर्तमान सरकारले त्यसलाई परिवर्तन गर्न खोजेको बताए ।

 ‘नेपाल इक्वल कन्ट्री हो । नेपालसँग हाम्रो इक्वल ब्रदर रिलेसनसिप हो । नेपालसँग समानताका आधारमा सम्बन्ध स्थापित गर्ने हाम्रो सरकार र भारतीय जनता पार्टीको नीति हो,’ विदेशमन्त्री सुष्मा स्वराजसँग निकट ती नेताले नयाँ पत्रिकासँग भने, ‘वामपन्थी सरकारसँग त्यही आधारमा हामी सम्बन्ध सञ्चालन गर्छौँ ।’

एमाले र माओवादीको करिब दुईतिहाइ बहुमत आएपछि नयाँ सरकारसँग सहकार्य गरेर जाने गरी भारतले तयारी थालेको ती नेताले सुनाए ।

 ‘निर्वाचनको परिणाम र जननिर्वाचित सरकारलाई सम्मान गर्दै सम्बन्ध विकसित गर्नुपर्छ भन्ने निष्कर्षमा भाजपा नेतृत्व पुग्यो, त्यही आधारमा प्रधानमन्त्री मोदीले ओलीजीसँग संवाद शृंखला अघि बढाउनुभयो र विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाउनुभएको हो,’ उनले भने, ‘परिणामतः भारतले ओलीलाई दिल्लीमा शीघ्र स्वागत गर्दै छ । अब सम्बन्ध थप मजबुत हुनेछ ।’, आजको नयाँ पत्रिकामा यो खबर छ ।

ईयु प्रतिवेदनप्रति प्रधानमन्त्रीको आपत्ति – ‘हामीलाई हेपेको ?’

प्रधानमन्त्री केपी ओलीले युरोपियन युनियन ईयु को निर्वाचन प्रतिवेदनले नेपालको सार्वभौमसत्ताको अपमान गरेको भन्दै सच्याउन आग्रह गरेका छन् ।
प्रतिवेदनमाथि आपत्ति जनाउँदै परराष्ट्र मन्त्रालयले गरेको आग्रहमा ईयुले प्रतिवेदन सच्याउन अस्वीकार गरेलगत्तै प्रधानमन्त्रीले पुनः सच्याउन भनेका हुन् ।,

नेपालले प्रतिकुल परिस्थितीमा ठुला उपलब्धीहरु प्रापत गरेको भन्दै केही कमजोरीलाई लिएर अपमानजनक रुपमा गरिएको टिप्पणी सह्य नहुने प्रधानमन्त्रीले बताए । आजको कान्तिपुरमा यो खबर छ ।

तीनै तहमा १ लाख ७ हजार कर्मचारी

सरकारले संघ, प्रदेश र स्थानीय तहमा गरी एक लाख सात हजार छ सय ६५ कर्मचारी आवश्यक पर्ने निष्कर्षसहित दरबन्दी तयार पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अन्य मन्त्रालयका अधिकारी सम्मिलित टोलीले तीनै तहको कार्य सञ्चालन प्रभावकारी बनाउन तत्काल एक लाख सात हजार छ सय ६५ कर्मचारी आवश्यक रहेको भन्दै दरबन्दीको प्रारूप तयार पारेको हो।

सरकारले पछिल्लो पटक तयार पारेको कर्मचारीको दरबन्दीअनुसार अब केन्द्र सरकार र त्यसअन्तर्गतका कार्यालयमा ३६ हजार आठ सय ४५ कर्मचारी रहनेछन्। प्रदेश सरकार र त्यसअन्तर्गतका कार्यालयमा १६ हजार चार सय २८ कर्मचारी हुनेछन्। स्थानीय तहमा ५४ हजार तीन सय ९२ कर्मचारी आवश्यक पर्नेगरी दरबन्दी तयार पारिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

सरकारद्वारा हालै संघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने संगठन संरचना र दरबन्दीको निर्क्योल गर्न सामान्य प्रशासन सचिवको संयोजकत्वमा गठित व्यवस्थापन तथा सर्वेक्षण समितिले समेत तीनै तहको संगठन संरचना र दरबन्दी निर्धारण गर्दा यसैलाई आधार मान्ने भएको छ। हाल निजामती क्षेत्रका ८६ हजार र स्थानीय तहका गरी एक लाख चार हजार कर्मचारी छन्।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

धर्मको नाममा सरकारी जग्गा कब्जा !

धर्मका नाममा स्थापित विश्व हिन्दु महासंघले अवैध रुपमा सरकारी जग्गा कब्जा गरेको पाईएको छ । महासंघले करिव १५ बर्षअघि सरकारबाट भोगाधिकार पाएको जग्गा कानुन अनुसार भाडामा परिणत नगरी कब्जा गरेको पाईएको हो ।

महासँघ काठमाडौं महानगरपालिका वडा ३ मा कविर २५ रोपनी जग्गा अवैध रुपमा कब्जा गरेको छ । सो जग्गाको चलनचल्तीको मुल्य झन्डै तीन अर्ब रुपैयाँ हुने आउँछ ।

वडा ३ बाँसबारीमा रहेको कित्ता नम्बर ३४ र कित्ता नम्बर ४३ को जग्गा डिल्लीबजार मालपोत कार्यालयले २०५९ बैशाख १७ गतेको निर्णयअनुसार महासंघलाई भोगाधिकार दिएको थियो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

वाम एकताको रिपोर्ट तयार गर्न माओवादीले तोक्यो ईन्चार्ज

माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश इन्चार्जहरूले अन्तरिक गृहकार्य गर्न लागिसकेका छन् ।

आन्तरिक गृहकार्यकै लागि माओवादीले शनिबार पूर्व हेडक्वार्टर सदस्यको बैठक बोलाएर प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको थियो ।

सचिवालय बैठकमा इन्चार्जहरूले प्रदेश, जिल्ला क्षेत्र र गाउँसम्मको पार्टीको वैचारिक संगठनिक विषयमा रिपोर्ट पेस गर्नेछन् ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

गृहमन्त्री भन्छन्- चन्दा मागे मलाई भन्नु

गृहमन्त्री रामबहादुर थापाले निर्धक्क भएर लगानी गर्न व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिमण्डलसँग आइतबार भएको छलफलमा गृहमन्त्री थापाले सुरक्षाको पूर्ण प्रत्याभूति दिन आफू तयार रहेको भन्दै बिनासंकोच लगानी गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।

गृहमन्त्री थापाले कुनै व्यक्ति वा समूहले जबर्जस्ती चन्दा मागे त्यसको तत्काल सूचना दिन पनि व्यवसायीलाई भनेका छन् ।छलफलमा गृहमन्त्री थापाले भने, ‘कस-कसले चन्दा माग्छन् मलाई सूचना दिनुहोस् ।

गृह मन्त्रालयले त्यस्ता व्यक्तिमाथि तत्काल कारबाही गर्छ ।’ उनले अहिले लोडसेडिङ पनि नभएको र सुरक्षाको प्रत्याभूतिसमेत भएको हुँदा लगानीको पूर्ण वातावरण भएको बताए ।

गृहमन्त्री थापाले कामको सिलसिलामा घुस माग्ने कर्मचारी र दुःख दिने सुरक्षाकर्मीमाथि आफूले कडा कारबाही गर्ने बताए ।,यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

आइजिपी बढुवामा राजनीतिक दाउपेच !

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक प्रकाश अर्यालको कार्यकाल यही चैत २८ गते सकिदै छ। उनको कार्यकाल सकिनै लाग्दा नयाँ आइजिपीका लागि दौडधुप सुरुभएको छ। सामान्यतः प्रहरीमा वरिष्ठता र कार्यक्षमता आधारमा एक नम्बरमा रहेका प्रहरी अतिरिक्त महानिरीक्षक महानिरीक्षक हुने प्रचलन हो।

तर, २०४९ सालयता कर्य क्षमताका आधारमा प्रहरीमा नेतृत्व छान्ने प्रचलन राजनीतिक दाउपेचको विषय बन्दै आइरहेको छ।

बहुदलीय व्वस्था पुनस्थापनापछि भएको संसदीय निर्वाचनमा प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालालले रत्नशमशेर जबरालाई प्रहरी महानीरिक्षकबाट हटाएर मोतीलाल बोहोरालई त्यो जिम्मेवारी दिए। त्यसदेखि आइजिपी चयन राजनीतिक दाउपेच बन्दै आएको छ। पछिल्ला वर्ष त यो विषय झन् पेचिलो बन्दै गइरहेको छ ।

संयोग कस्तो भने नेपाली कांग्रेसको तत्कालीन नेतृत्वबाट शुरु भएका प्रहरी नेतृत्वमा हस्तक्षेपको प्रकरण गत बर्ष उसकै कारण छताछुल्ल भयो, आजको नागरिक दैनिकमा यो खबर छ ।

दिल्लीले यसरी गर्दै छ ओलीलाइ स्वागत

नेपालमा करिव दुईतिर्हा बहुमनजिकको बामपन्थी सरकारलाई उच्च महत्व दिँदै भारतले प्रधानमन्त्री केपी ओलीलाई चैत तेस्रो साता दिल्लीमा स्वागत गर्दै छ ।

विगतमा मधेसको सीकांनको माग सम्बोधन हुनुपर्ने अडान राख्दै आएको दिल्लीले अहिले धारणा बदलेको छ । उसले सबै पक्ष सहभागी भएको निर्वाचन म्यानडेटको स्वागत गर्दै नेपालको विकास र राजनीतिक स्थात्विमा सघाउने बताएको छ ।

नयाँ सरकारसंग सम्बन्ध विस्तार भारतको उच्चतम प्राथमिकताको विषय बनेको छ ।

भारतका विदेश राज्यमन्त्री जरल भिके सिंह, विदेश मन्त्रालयका प्रवक्ता रविकुमार र भारतका ेनपाल र भुटान डेस्क हेर्ने तर्थ डिभिजनका सहसचजिव सुधाकर दलेलाले भारतीय प्राथमिकता र चासोवारे नेपाली सञ्चारकर्मीसामु परिवर्तित धारणा सुनाए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *